
जनकपुरधाम । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद(स.)को जन्मजयन्तीको अवसरमा आईतवार विहान जनकपुरधामा शान्ति र्याली निकालिएको छ ।
ईस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद(स.)को आजैको दिन जम्म भएको थियो । ईसापुर्व ५७१,२० अप्रिलमा खाडी मुलुक सउदीको मम्कामा जन्म लिएका हजरत पैगम्बर मोहम्मदको जन्मउत्सव संसारभरिमा मुस्लिम सामुदाय धुमधामका साथ मनाउदै आएका छन् ।
पैगम्बरको जन्मउत्सवको अवसरमा जनकपुरसहित यस क्षेत्रका मुस्लिम सामुदायले विश्व शान्तिको कामना गर्दै आईतवार विहान जनकपुर बजारमा शान्ति र्याली निकालेका छन् । स्थानीय पुरानो वस पार्कबाट निकालिएको शान्ति र्याली राम चोक, जानकी हुदै वारह विघा मैदानमा गएर सम्पन्न भएको थियो ।
हजरत मोहम्मदले समाजहुने हत्याहिंसा, उत्पीडन,महिला पुरुषबीचहुने विभेद, अशिक्षा विरुद्ध ठ्ुलै संघर्ष गरि समाजमा समाजिकन्याय, भाईचाराका स्थापित गरेका थिए । यसैबीच, मोहम्मद डे को अवसरमा मधेश प्रदेश सरकारले आईतवार सार्वजनिक विदा दिएको छ ।