LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

फाएजा फहमीदा
जनकपुरधाम । निर्वाचनलाई निश्पक्ष र मर्यादित बनाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण रहेको जनकपुरधामा आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाको १२ औँ साधारण सभाको उद्घाटन समारोहमा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निर्वाचन लोकतन्त्रको गहना भएको बताउदै निर्वाचनलाई निश्पक्ष र मर्यादित बनाउन संचारमाध्यम र संचारकर्मीको भुमिका महत्वपुर्ण रहेको बताए । पत्रकारितालाई राजनीतिक लाभ वा अन्य कुनै स्वार्थको लागि प्रयोग गर्न नहुने तर्क गर्दै महासचिव पुरीले पत्रकारितालाई दोस्रो पेशाको रुपमा राख्नेहरूलाई पत्रकारिता छाड्न आग्रह समेत गरे ।
पत्रकारहरूको पेशागत सुरक्षाका तथा भौतिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ लागिपरेको बताउँदै निर्वाचन आचार संहिताको नाउँमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै काम नगर्न महासङ्घले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको उनले बताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा चाटुकारिता र पित पत्रकारिताले प्रशय पाईरहेको बताउदै उनले पत्रकारहरुले निश्पक्ष ढंगले कमल चालाउनु अहिलेको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले पत्रकारिता जगतमा भएका समस्याहरूको समाधानका लागि राज्य पक्ष गम्भीर भएको आरोप लगाए । देश र जनताको लागि कमल चलाउने संचारकर्मीहरुको समस्या प्रति राज्य उदासिन रहदै आएको उनले भनाई थियो ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाकी अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, वरिष्ठ पत्रकार चन्देश्वर गिरी, पूर्व अध्यक्ष उमेश साह, नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदी, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितका वक्ताहरुले मन्वत राखेका थिए ।

सम्बन्धित खबर