LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यमा पदमा उम्मेदवारी दिएका तराई मधेश लोकतान्त्रिक पार्टीका नेता असगर अलीले राष्ट्रिय दलहरुसँग गठबन्धन गरेर मधेशवादी दलहरुको अस्तृत्व नै समाप्त भईसकेको दावि गरेका छन् । a
मधेश केन्द्रित दलहरुले विगतमा उठाउदै आएका मधेशी, दलित जनजाति, मुस्लिम तथा उत्पीडन र शोषणमा परेका वर्ग र सामुदायको एजेण्डा सत्ता र स्वार्थ कारण छोडेको उम्मेदवार अलीले संचारकमीसँगको कुराकानीमा यस्तो आरोप लगाए । मधेशी जनताको हक अधिकारको लागि आफ्ना ज्यानको आहुति दिने वीर मधेशी शहिदहरुको सपना पुरा नहुदै ति दलहरुले सत्ता स्वार्थको कारण विभिन्न गठबन्धन गरेको बताउदै उम्मेदवार अलीले भने,‘ मधेशी जनताले ति दलहरुको चरित्र बुझिसकेका छन्, यो निर्वाचनमा जनताले त्यसलाई मुल्याङ्गन गरेर मात्रै मतदान गर्नुको विकल्प छैन ।’


मधेशी जनताको भावना र चाहना विपरित मधेश केन्द्रित दलहरु पटक– पटक देखावटी सहमति गरेर सत्ताको सिढी चढ्दै आएको उल्लेख गर्दै नेता अलीले भने,‘ अहिले चुनाव भएको छैन । तर ती दलहरु चुनावपछि कसरी सत्ता पाउने हिसाबकिताव गरेर विचार सिद्धान्त समेत नमिलेका दलहरुसँग अपवित्र गठबन्धन गरेर मधेशी जनतालाई भ्रममा पार्ने खोजेका छन् ।’
नागरिता नपाएर लाखौ मधेशीका नागरिकका सन्तान शिक्षा, रोजगारीबाट वंचित छन । उनीहरुको भविष्यसँग राज्य खेलवाड गरिरहेका छन्, नेता अलीले भने,‘ नागरिकता सम्बन्धी ऐन अहिले सम्म नआउनुमा राष्ट्रपति मात्रै नभई काँग्रेस, एमालेसँगै मधेश केन्द्रित दलहरुको पनि उतिकै दोषि छन् । वाहिर वहिर विरोध गर्ने र सत्ताको लागि उसैसँग गठजोड गर्ने हो । ति दलहरुको प्रवृति अव मधेशी जनताले बुझिसकेका छैन ।त्यस्ता पार्टी र ति पार्टीका नेताहरुलाई मधेशी जनताले चुनावबाटै ठेगान लगाउने छन् ।’

सम्बन्धित खबर