LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यमा पदमा उम्मेदवारी दिएका तराई मधेश लोकतान्त्रिक पार्टीका नेता असगर अलीले राष्ट्रिय दलहरुसँग गठबन्धन गरेर मधेशवादी दलहरुको अस्तृत्व नै समाप्त भईसकेको दावि गरेका छन् । a
मधेश केन्द्रित दलहरुले विगतमा उठाउदै आएका मधेशी, दलित जनजाति, मुस्लिम तथा उत्पीडन र शोषणमा परेका वर्ग र सामुदायको एजेण्डा सत्ता र स्वार्थ कारण छोडेको उम्मेदवार अलीले संचारकमीसँगको कुराकानीमा यस्तो आरोप लगाए । मधेशी जनताको हक अधिकारको लागि आफ्ना ज्यानको आहुति दिने वीर मधेशी शहिदहरुको सपना पुरा नहुदै ति दलहरुले सत्ता स्वार्थको कारण विभिन्न गठबन्धन गरेको बताउदै उम्मेदवार अलीले भने,‘ मधेशी जनताले ति दलहरुको चरित्र बुझिसकेका छन्, यो निर्वाचनमा जनताले त्यसलाई मुल्याङ्गन गरेर मात्रै मतदान गर्नुको विकल्प छैन ।’


मधेशी जनताको भावना र चाहना विपरित मधेश केन्द्रित दलहरु पटक– पटक देखावटी सहमति गरेर सत्ताको सिढी चढ्दै आएको उल्लेख गर्दै नेता अलीले भने,‘ अहिले चुनाव भएको छैन । तर ती दलहरु चुनावपछि कसरी सत्ता पाउने हिसाबकिताव गरेर विचार सिद्धान्त समेत नमिलेका दलहरुसँग अपवित्र गठबन्धन गरेर मधेशी जनतालाई भ्रममा पार्ने खोजेका छन् ।’
नागरिता नपाएर लाखौ मधेशीका नागरिकका सन्तान शिक्षा, रोजगारीबाट वंचित छन । उनीहरुको भविष्यसँग राज्य खेलवाड गरिरहेका छन्, नेता अलीले भने,‘ नागरिकता सम्बन्धी ऐन अहिले सम्म नआउनुमा राष्ट्रपति मात्रै नभई काँग्रेस, एमालेसँगै मधेश केन्द्रित दलहरुको पनि उतिकै दोषि छन् । वाहिर वहिर विरोध गर्ने र सत्ताको लागि उसैसँग गठजोड गर्ने हो । ति दलहरुको प्रवृति अव मधेशी जनताले बुझिसकेका छैन ।त्यस्ता पार्टी र ति पार्टीका नेताहरुलाई मधेशी जनताले चुनावबाटै ठेगान लगाउने छन् ।’

सम्बन्धित खबर