LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम, । छठ पर्वका लागि जनकपुरधाममा यसपालि करिब ३ करोडको केरा आयात गरिएको छ ।छठ पर्वमा प्रसादको रुपमा प्रयोेग हुने केरा यसपालि नेपालको नवलपरासी र भारतको विभिन्न स्थानबाट ६० ट्रक केरा आयात गरिएको जनकपुर फलफूल व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले बताएका छन । छठ पर्व आएसँगै जनकपुरधाममा केराको मूल्यमा वृद्धि हने भएको छ । तिहारभन्दा अघिसम्म ६० देखि ७० रुपैयाँ प्रति दर्जन बिक्री हुने केरा अहिले ८० देखि ९० रुपैयासम्म पुगेको छ ।महासचिव पुर्वेले भने सरकारको नीतिका कारण केराको मूल्यमा वृद्धि भएको उनले दावी गरे । दिपावली भन्दा पहिला भिट्ठामोड नाकाबाट बिना कुनै एलसीको केरा आउँदै गरेकोमा त्यसयता एलसी लगाएपछि केराको मूल्यमा बढोत्तरी भएको दावी गरे ।

सम्बन्धित खबर