LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । निर्वाचनमा सरकारी सवारी साधन प्रसार प्रशारमा प्रयोग गर्ने सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय कारवाहीका लागि आयोगले सिफारिस गर्ने चेतावनी दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिको विहीवार बसेको बैठकबाट सो निर्णय गरिएको हो । भारतीय नम्बरको प्लेट सवारी साधन निर्वाचन प्रसार प्रशारमा प्रयोग गरिएको खण्डमा त्यस्ता सावरी साधनलाई ट्रफिक प्रहरी वा सुरक्षाकर्मीले नियन्त्रणमा लिई जिल्ला आचारसंहित अनुगमन समितिलाई जानकारी गराउँन निर्देशन दिएको छ ।

आचारसंहिता विपरित राजनितिक दल तथा उम्मेदवारको झण्डा तुल ब्यानर जस्ता प्रयोग भईरहेको जन गुनासो प्राप्त भईरहेकाले सुरक्षाकर्मी सहितको अनुगमन टोली तत्काल खटाई त्यस्तो क्रियाकलाप नियन्त्रण गर्ने व्यवस्था मिलाएको छ ।निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरुले स्वंय वा प्रतिनिधि पठाई सुरक्षाकर्मीको सहयोग लिई निरन्तर अनुगमन तथा अचारसंहिता विपरितका गतिविधि नियन्त्रण गरी समितिमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला भित्रका विभिन्न पालिकाहरुले निर्वाचन आचारसंहिता विपरित खालका कार्यक्रम उद्घाटन शिलान्यास लगायतका भईरहेको जन गुनासो आईरहेको हुदा त्यस्तो कार्य हुन गर्न नपाउन ेव्यवस्था मिलाउनु सबै पालिकाहरुलाई अनुरोध गरिएको छ । निर्वाचन अचारसंहिता विपरितका कार्यक्रम गरिएको खण्डमा शुक्रवार देखि खटिएको टोलीर्ले त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन कार्यक्रम प्रारम्भ गर्ने भनिएको छ ।

सम्बन्धित खबर