LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । निर्वाचनमा सरकारी सवारी साधन प्रसार प्रशारमा प्रयोग गर्ने सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय कारवाहीका लागि आयोगले सिफारिस गर्ने चेतावनी दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिको विहीवार बसेको बैठकबाट सो निर्णय गरिएको हो । भारतीय नम्बरको प्लेट सवारी साधन निर्वाचन प्रसार प्रशारमा प्रयोग गरिएको खण्डमा त्यस्ता सावरी साधनलाई ट्रफिक प्रहरी वा सुरक्षाकर्मीले नियन्त्रणमा लिई जिल्ला आचारसंहित अनुगमन समितिलाई जानकारी गराउँन निर्देशन दिएको छ ।

आचारसंहिता विपरित राजनितिक दल तथा उम्मेदवारको झण्डा तुल ब्यानर जस्ता प्रयोग भईरहेको जन गुनासो प्राप्त भईरहेकाले सुरक्षाकर्मी सहितको अनुगमन टोली तत्काल खटाई त्यस्तो क्रियाकलाप नियन्त्रण गर्ने व्यवस्था मिलाएको छ ।निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरुले स्वंय वा प्रतिनिधि पठाई सुरक्षाकर्मीको सहयोग लिई निरन्तर अनुगमन तथा अचारसंहिता विपरितका गतिविधि नियन्त्रण गरी समितिमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला भित्रका विभिन्न पालिकाहरुले निर्वाचन आचारसंहिता विपरित खालका कार्यक्रम उद्घाटन शिलान्यास लगायतका भईरहेको जन गुनासो आईरहेको हुदा त्यस्तो कार्य हुन गर्न नपाउन ेव्यवस्था मिलाउनु सबै पालिकाहरुलाई अनुरोध गरिएको छ । निर्वाचन अचारसंहिता विपरितका कार्यक्रम गरिएको खण्डमा शुक्रवार देखि खटिएको टोलीर्ले त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन कार्यक्रम प्रारम्भ गर्ने भनिएको छ ।

सम्बन्धित खबर