LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् ।टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए ।उद्घोषक सुशिल नेपालले बाहिरिएको घोषणा गर्दा उनले आँसु थाम्न सकेनन् । उनका कोच राजेशपायल राई समेत भक्कानिए । माहौल भावुक बनेको थियो ।टीम राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीका सबै तीन प्रतिस्पर्धी अन्तिम ११ मा प्रवेश गरेका छन् ।

जसमा टीम राजुबाट करण राई, रिहान गिरी र रिवश गुरुङ छन् ।टीम प्रमोदबाट आशिष महर, आशिष रायमाझी र योगेश मगर पनि आगामी चरणको लागि छनौट भएका छन् । टीम प्रविशाबाट वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बु अन्तिम ११ मा प्रवेश गरे ।टीम राजेशबाट सविना योङहाङ र पदम राई मात्र छनौट भए । दर्शकले शनिबारको एपिसोडमा पर्फमेन्सको अन्त्यसम्म भोट गर्न सक्ने भएका छन् । दर्शकीय भोटको आधारमा विजेता चुनिने जनाइएको छ ।‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खबर