LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् ।टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए ।उद्घोषक सुशिल नेपालले बाहिरिएको घोषणा गर्दा उनले आँसु थाम्न सकेनन् । उनका कोच राजेशपायल राई समेत भक्कानिए । माहौल भावुक बनेको थियो ।टीम राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीका सबै तीन प्रतिस्पर्धी अन्तिम ११ मा प्रवेश गरेका छन् ।

जसमा टीम राजुबाट करण राई, रिहान गिरी र रिवश गुरुङ छन् ।टीम प्रमोदबाट आशिष महर, आशिष रायमाझी र योगेश मगर पनि आगामी चरणको लागि छनौट भएका छन् । टीम प्रविशाबाट वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बु अन्तिम ११ मा प्रवेश गरे ।टीम राजेशबाट सविना योङहाङ र पदम राई मात्र छनौट भए । दर्शकले शनिबारको एपिसोडमा पर्फमेन्सको अन्त्यसम्म भोट गर्न सक्ने भएका छन् । दर्शकीय भोटको आधारमा विजेता चुनिने जनाइएको छ ।‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खबर