LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

११ औँ नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गरी आगामी वर्ष जेठ १३ (२७ मे, २०२३) मा अवार्ड आयोजना हुन लागेको जानकारी दिएको हो।
नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।संघका अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अमेरिकामा अवार्ड आयोजना गर्न लागेको बताए। नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ। ​कोरोना महामारीका कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन। यो पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित खबर