LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं । कलाकार हेरफेरसँगै फिल्म ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन आज बिहीबार देखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको निर्माताले जानकारी दिएका छन् ।४० दिनको छायांकन तालिका छ । आज बिहान भएको मुहूर्तमा कलाकारद्वय विपिन कार्की र केकी अधिकारीले सट दिए । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।निर्माता सुवास थापा र अभिनेता विपिन कार्कीबीच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् ।

सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ ।राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए ।दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निर्माताले जानकारी दिएका छन् । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने फिल्मको अघिल्लो भागलाई रुचाइएको थियो ।नम्रता र राज कटुवालले छाडे फिल्म

सुरुमा प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी हुन् ।निर्माताले अन्य केही अभिनेत्रीलाई पनि उक्त भूमिकाको लागि प्रस्ताव राखेका थिए । अभिनेता कटुवालले आफूले समय दिन नसक्ने भएपछि फिल्म छाडेको अनलाइनखबरलाई बताए । राज उनको आगामी फिल्म ‘राजा’मा व्यस्त छन् ।

सम्बन्धित खबर