LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । कतारमा फिफा विश्वकप फुटबल सुरु भएपछि धमाधम बलिउड सेलिब्रिटी पनि खेल हेर्न दोहा पुगिरहेका छन् । नोरा फतेहीले फ्यान फेस्टिभलमा गत साता प्रस्तुति दिइन् ।अनन्या पाण्डे, विवेक ओबरायसहित बलिउड स्टार मनपर्ने टिमको खेल हेर्न कतार पुगेका थिए । आइतबार बेलुका हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पनि बलिउडको आकर्षक उपस्थिति हुने भएको छ ।बलिउड अभिनेता शाहरुख खानले विश्वकपको फाइनल खेलमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पठान’को प्रवद्र्धन गर्ने भएका छन् । प्रोमो भिडियो सार्वजनिक गर्दै शाहरुखले मैदानमा मेस्सी र एम्बाप्पे भिडिरहँदा आफू चाहिं वाइन रोनीसँग विश्वकप स्टुडियोमा हुने बताएका छन् ।

‘मसँग फिफा वल्र्डकप हेर्नुहोस्’ भन्दै शाहरुखले फिल्मको प्रमोसन गरिरहेका छन् । यसअघिका आफ्ना फिल्मलाई आईपीएल लगायतका खेल मेलामा प्रमोसन गरिरहेका शाहरुखले विश्वकप फुटबलको फाइनललाई ‘पठान’ प्रमोसनको अवसरको रुपमा लिएका हुन् ।पठान माघ ११ गतेबाट प्रदर्शन हुँदैछ । भारतमा भने यो फिल्म बहिष्कारको विवादमा मुछिएको छ । यसको पछिल्लो गीत बेसरम रङमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनी र यसको रङलाई लिएर सत्तारुढ भाजपाले विरोध गरिरहेको छ ।यसै मेसोमा शाहरुख फिल्म प्रचारका लागि कतार विश्वकपतर्फ सोझिएका हुन् ।

सम्बन्धित खबर