LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । कतारमा फिफा विश्वकप फुटबल सुरु भएपछि धमाधम बलिउड सेलिब्रिटी पनि खेल हेर्न दोहा पुगिरहेका छन् । नोरा फतेहीले फ्यान फेस्टिभलमा गत साता प्रस्तुति दिइन् ।अनन्या पाण्डे, विवेक ओबरायसहित बलिउड स्टार मनपर्ने टिमको खेल हेर्न कतार पुगेका थिए । आइतबार बेलुका हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पनि बलिउडको आकर्षक उपस्थिति हुने भएको छ ।बलिउड अभिनेता शाहरुख खानले विश्वकपको फाइनल खेलमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पठान’को प्रवद्र्धन गर्ने भएका छन् । प्रोमो भिडियो सार्वजनिक गर्दै शाहरुखले मैदानमा मेस्सी र एम्बाप्पे भिडिरहँदा आफू चाहिं वाइन रोनीसँग विश्वकप स्टुडियोमा हुने बताएका छन् ।

‘मसँग फिफा वल्र्डकप हेर्नुहोस्’ भन्दै शाहरुखले फिल्मको प्रमोसन गरिरहेका छन् । यसअघिका आफ्ना फिल्मलाई आईपीएल लगायतका खेल मेलामा प्रमोसन गरिरहेका शाहरुखले विश्वकप फुटबलको फाइनललाई ‘पठान’ प्रमोसनको अवसरको रुपमा लिएका हुन् ।पठान माघ ११ गतेबाट प्रदर्शन हुँदैछ । भारतमा भने यो फिल्म बहिष्कारको विवादमा मुछिएको छ । यसको पछिल्लो गीत बेसरम रङमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनी र यसको रङलाई लिएर सत्तारुढ भाजपाले विरोध गरिरहेको छ ।यसै मेसोमा शाहरुख फिल्म प्रचारका लागि कतार विश्वकपतर्फ सोझिएका हुन् ।

सम्बन्धित खबर