LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्न बाध्य भएको भन्दै देशभरका फिल्म हल व्यवसायी आज बुधबार काठमाडौंमा भेला भएका छन् ।दिउँसोदेखि संघको केन्द्रीय कार्यालयमा हुने भेलाले बोर्डविरुद्ध आन्दोलनको स्वरुप तय गर्ने जनाइएको छ । महासचिव नरेन्द्र महर्जनले राष्ट्रिय भेलाले बोर्डविरुद्ध आन्दोलनको तयारी गर्ने बताए ।काठमाडौं उपत्यकासहित जिल्लाबाट समेत ८० भन्दा बढी हल सञ्चालक काठमाडौंमा भेला भएका हुन् । बोर्डले अनावश्यक बहानामा दुःख दिएको र वितरक तथा प्रदर्शकलाई व्यवसायबाटै विस्थापित गर्ने मनसायको क्रियाकलाप गर्दै आइरहेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको संघले जनाएको छ ।भेलाको पूर्वसन्ध्यामा बोर्ड अध्यक्ष भुवन केसीले वार्ताका लागि संघलाई पत्र पठाए पनि संघले भने आउन नसकिने जवाफ दिएको छ ।

‘बोर्डको पत्र पाएका थियौं तर हामी गएनौं । भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ संघका एक सदस्यले अनलाइनखबरसँग भने ।एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, १० बजेपछि फिल्म देखाउन नपाइने र विश्वकप फुटबल देखाउन अवरोध गरेकोसहित सिंगल स्क्रिनका समस्यालाई लिएर प्रदर्शकको छाता संस्था बोर्डविरुद्ध असन्तुष्ट छ ।नेपाली फिल्म नचलेको र अवतार स् द वे अफ वाटर देखाउन नमिल्ने भएकाले अहिले सिंगल स्क्रिनहरु बन्दकै अवस्थामा रहेको भन्दै यसतर्फ पनि बोर्ड आक्रोशित छ ।भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ महासचिव महर्जनले भने, ‘बोर्डले पटकपटक दुःख दियो र अब हामी वार्ताको नाममा अलमलिने पक्षमा छैनौं ।’

सम्बन्धित खबर