LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाली नयाँवर्ष २०८० को छेकोमा नेपाल भ्रमण गर्ने भएका छन् । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् ।यादवकै पहलमा नेपाल आएका बलिउड अभिनेता विवेक ओबराय १० दिन नेपाल घुमेर शनिबार स्वदेश फर्किसकेका छन् । ‘नेपाली नयाँवर्ष छेकोमा आउने निश्चित भएको छ । डेट कन्फर्म उहाँले नै गर्नुहुन्छ,’ यादवले अनलाइनखबरसँग भनिन् ।‘हाम्रो उद्देश्य भारतीय सेलिब्रिटीलाई नेपालमा बोलाएर सकेसम्म नेपालको पर्यटन प्रवद्र्धन गर्ने हो,’ यादवले भनिन्, ‘नेपालमा पनि नयाँ सरकार बनेकाले सरकारसँग मिलेर काम गर्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ ।’बलिउड अभिनेता अमिताभ बच्चन, गायक अरजित सिंहजस्ता बलिउड स्टारलाई पनि नेपाल ल्याउनेतर्फ पनि आफूहरुले योजना बनाइरहेको उनले जानकारी दिइन् । ‘यो सुरुवात मात्र हो,’ उनले भनिन् ।

सम्बन्धित खबर