LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे फिल्म ‘हात्तीछाप’को निर्माता बन्ने भएका छन् । दयाहाङ राई र सौगात मल्लको अभिनय रहने फिल्मलाई मनाङेले निर्माण गर्ने टुंगो लागेको हो ।सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरेको समेत अभिनय हुनेछ ।निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो प्रोजेक्ट हुनेछ । यसअघि उनले फिल्म वान वे, पोइ पर्‍यो काले र दुई नम्बरी निर्माण गरेका छन् । दुई करोड रुपैयाँ बजेटमा बन्ने हात्तीछाप निर्माणमा मनाङेले व्यवसायी अमलादेवी राईसँग सहकार्य गर्नेछन् ।तेस्रो प्रोजेक्टमा हामी उहाँसँग सहकार्य गर्दैछौं,’ प्रस्तुतकर्ता किरण नेपालीले भने, ‘यो सहकार्य अझै मजबुत हुनेछ भन्ने हाम्रो आशा छ ।’ यी दुईको सहकार्यमा बनेको दुई नम्बरी वर्ष २०७९ को हिट फिल्म हो भने पोइ पर्‍यो कालेले मनाङेलाई निर्माताको रुपमा स्थापित गरेको थियो ।

सम्बन्धित खबर