LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नयाँवर्ष २०२३ सुरु भएको छ । सेलिब्रिटीले पनि आ–आफ्नै शैलीमा वर्ष २०२२ लाई बिदाइ गर्दै नयाँवर्षलाई स्वागत गरेका छन् ।सेलिब्रिटीको नयाँवर्षका रिजोलुसन पनि भिन्न छन् । कतिपयले घुमघाम गर्ने र विचार बदल्ने कुरा गरेका छन् । कतिपयले स्वस्थ र खुसी हुन सुझाएका छन् । तर सबैबीच एउटा कुराको समानता छ जीवनप्रति आशावादी बन्ने । मिस नेपालदेखि फिल्म कलाकार र मोडलसम्मले आशावादी बन्न प्रशंसकलाई सुझाएका छन् ।मनिषा कोइराला लेख्छिन्, ‘पुस्तकको कुनै अनुच्छेदजस्तै नयाँवर्ष हामीअघि उभिएको छ । लेखनको प्रतीक्षामा छु । ह्याप्पी न्यु इयर ।’मोडल नीति शाह नयाँवर्षमा रमाइलो गर्न आफू तयार भएको बताएकी छन् । लेख्छिन्, ‘यात्रा र जीवन अन्वेषणको सबैभन्दा अचम्मको वर्ष २०२२ को लागि म कृतज्ञ छु ।

पहाडदेखि सुरु भएको वर्ष समुन्द्री तटमा आएर सकिएको छ । सन् २०२३ मा धेरै यात्रा गर्ने, खाने र भ्लगिङ गर्छु । काम गर्दै, तारा हेर्दै, धेरै उडानसहित समुन्द्र तटमा रमाइलोका लागि म तयार छु ।’अभिनेत्री करिश्मा मानन्धरको सुझावरुपी संकल्प छ । उनी लेख्छिन्, ‘आज ३६५ पृष्ठको पहिलो खाली पृष्ठ हो । राम्रो लेख्नुहोस् । नयाँवर्षको शुभकामना र हाम्रो लागि राम्रो काम गर्ने अर्को मौका ।’गायिका मेलिना राई दुःख र कमजोरीलाई पछि छाड्न नयाँवर्षले भूमिका खेलोस् भन्ने आशा राख्छिन् । भन्छिन्, ‘यो वर्षले तपाईंको जीवनमा ठूलो प्रगतिशील परिवर्तन ल्याओस्, यो वर्षले तपाईंको जीवनमा सबै खुसी र थप उत्साह ल्याओस् । नकारात्मकता, दुःख र कमजोरीलाई पछाडि छोड्नुहोस् । स्वागत छ तपाईंको जीवनको नयाँ सुन्दर यात्रामा । स्वस्थ रहनुहोस् र मुस्कुराइरहनुहोस् ।’

 

सम्बन्धित खबर