LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । पाका कलाकार मदनदास श्रेष्ठले नेपाली चलचित्रको लागि हरेक किसिमले दोलखा फिल्म सिटी उपयुक्त हुने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन अवलोकन गरेर त्यहाँ फिल्म सिटी बनाउन उपयुक्त मानिएको हो ।’फिल्म सिटीलाई लिएर भइरहेका टिप्पणीबारे लक्षित गर्दै श्रेष्ठले दोलखाको विकल्प दिन समेत चुनौती दिए । ‘स्थानीय पर्यटन विकासका लागि म निरन्तर लागिरहेको र मेरो जन्मथलो भएकाले त्यहाँ फिल्म नगरी बनाउन म लागिपरेको छु,’ उनले भने ।निर्देशक मनोज पण्डितसहितका केही फिल्मकर्मीले दोलखा फिल्म सिटी नेपाली चलचित्र क्षेत्रको लागि व्यावहारिक नहुने भन्दै त्यसलाई रोक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

साथै उनले दोलखामा आयोजित चलचित्र निर्देशक समाजको कार्याशाला सफल बनाउन मात्र ‘रणनीतिक कार्ड’को रुपमा फिल्म सिटीलाई अघि सारिएको तर्क पेस गरेका थिए ।यसबारे टिप्पणी गर्दै अभिनेता श्रेष्ठले विरोधका लागि विरोध उचित नहुने बताए । ‘विरोध गर्नेले विकल्प दिन सक्नुपर्छ,’ उनले भने, ‘निर्देशक समाजको कार्यशाला सफल बनाउन मैले आर्थिक सहयोग पनि गरेको थिएँ । उहाँहरुले यो कुरा पनि बुझ्नुपर्छ ।’फिल्म सिटी निर्माण कार्य भइरहेको भन्दै श्रेष्ठले १२ करोड ४५ लाख रुपैयाँमा सडक कालोपत्रे भएको बताए । तीनवटा प्रशासनिक भवन, होटल, बिजुलीको पोल, खानेपानीको धारा बनिसकेको उनले जनाए ।

सरकारी लगानी भइसकेकाले पार्कको रुपमा फिल्म सिटीको विकास गर्न सकिने श्रेष्ठले धारणा राखे ।फिल्म सिटी निर्माणको प्रक्रिया सुरु भएको ११ वर्ष बिते पनि ढिलासुस्ती भएको भन्दै कतिपय ठाउँबाट आवाज पनि उठेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको एक समूहले यसै साता फिल्म सिटी निर्माणस्थल पुगेर अध्ययन अवलोकन गरेको थियो । बोर्ड अध्यक्ष भुवन केसीले फिल्म सिटी स्थापना हुन सके नेपाली फिल्म क्षेत्रलाई खुसीको कुरा हुने बताएका थिए ।

 

सम्बन्धित खबर