LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सन् १९७१ को भारत(पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा घोषणा गरिएको थियो । कथाको प्रामाणिकतामा प्रश्न उठेपछि अक्षयले फिल्मबाट बाहिरिने निर्णय गरेको स्रोतले खुलासा गरेको छ ।स्रोतलाई उध्दृत गर्दै हिन्दूस्तान टाइम्स लेख्छ, ‘युद्धको समयमा मेजर जनरल कार्डोजोसँग अन्य भेट्रान पनि जोडिन पुगेका थिए ।

तर घटनाको तथ्यलाई लिएर केही प्रश्नचिन्ह अवश्य छन् । अक्षयलाई सशस्त्र बलप्रति उच्च सम्मान छ र शंकको छायामा हुन सक्ने कथासँग उनी जोड्न चाहँदैनन् ।’यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल कार्डोजोले ७१ को युद्धका क्रममा बारुदी सुरुङमा पाइला टेकेर खुकरीले आफ्नै खुट्टा काटेको बताइएको छ । गत वर्ष अगस्टमा रायले फिल्मको बारेमा सोध्दा आफूहरुले यसमा काम गरिरहेको र स्क्रिप्ट लक भएपछि फ्लोरमा जाने बताएका थिए । अक्षयका प्रवक्ताले थप विवरण नदिई आफूले उनले फिल्म नगर्ने पुष्टि गरेका छन् ।

सम्बन्धित खबर