LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । अभिनेता हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफू बिजुलीको पोजेटिभ र नेगेटिभ तार भएको बताएका छन् । ‘मदन दाइ पोजेटिभ र म नेगेटिभ तार । यी दुई तार मिलेरै अहिलेसम्म बत्ती बलिरहेको छ,’ फिल्म ‘महापुरुष’को सफलता सेलिब्रेसन गर्न दहचोकमा आयोजित कार्यक्रममा हरिवंशले भने, ‘दर्शक र मिडिया अर्थिङ । सबै मिलेर हामी बत्ती बालिरहेका छौं ।’मदनकृष्णले चाहिं हरिवंश आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । ‘हरिवंश र मेरो सहयात्रा ४२ वर्षमा हिंडेको छ । हरिवंश बिना म अधुरो छु ।

उसले बिर्संदा मैले सम्झाउँछु र मैले बिर्संदा उसले सम्झाउँछ । हरिवंश भगवानले दिएको मेरो जीवनको अभिमेन्ट अवार्ड हो ।’ वनभोजसहित कार्यक्रममा महजोडीले एकअर्कालाई प्रशंसा गर्दै ‘महापुरुष’लाई सफल बनाउन योगदान दिने दर्शकलाई धन्यवाद दिए ।‘महापुरुष’मा चरित्र चित्रण गर्न आफूले तीन महिनासम्म दाह्री नकाटेको र यसबीचमा आफू सार्वजनिक कार्यक्रममा नदेखिएको अनुभव हरिवंशले सुनाए । उनले आफूलाई पूर्णरुपमा महापुरुषमा समर्पित हुन पत्नीले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

‘महापुरुष’ बलिदानपछि आफ्नो जीवनको महत्वपूर्ण फिल्म रहेको भन्दै हरिवंशले निर्माता म्याक्स दीपेश खत्री, रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईसँग आगामी प्रोजेक्टहरुमा पनि सहकार्य हुने बताए ।कलाकारहरु गौरी मल्ल, राजाराम पौडेल लगायतले पनि फिल्मको सफलताप्रति दर्शकलाई धन्यवाद दिए ।दहचोकस्थित एक रिसोर्टमा फिल्म युनिटले कास्ट एण्ड क्रिउ, कलाकार, पत्रकार, प्रदर्शकसहितका अतिथिसँग सफलताको खुसी साटेको थियो । सो अवसरमा प्रदर्शनमा योगदान दिने सबैलाई फिल्मले सम्मान समेत व्यक्त गरेको थियो । कात्तिक ११ गतेदेखि रिलिज भएको फिल्मले प्रमुख मल्टिप्लेक्समा ५१ दिन समेत मनाएको थियो । फिल्मले उक्त अवधिसम्म झण्डै ११ करोड ग्रस कमाइ गरेको निर्माता खत्रीले बताए ।

 

 

 

 

सम्बन्धित खबर