LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ । कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् ।शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड छन् । मनिषाले कार्तिकसँग सुटिङको अनुभवको बारेमा खुलाइन् र उनको प्रशंसा गरिन् । ‘मलाई लाग्छ कार्तिक आर्यन धेरै प्रतिभाशाली, मेहनती र नम्र व्यक्ति हो । उसले क्यारेक्टर बुझ्छ र केही नयाँ ल्याउँछ । मलाई उसले बनाएका फिल्मको छनोट पनि मनपर्छ ।

उद्योगमा उसको भविष्य उज्वल छ ।’आगामी फिल्मको बारे कुरा गर्दै उनले भनिन्, ‘मैले शहजादालाई पहिले नै साइन गरेको थिएँ र यो ठूलो कमर्सियल सेटअप हो । हामी यसलाई फेब्रुअरीमा रिलिज गर्दैछौं । यसले राम्रो आकार लिएको छ । त्यसैले म रिलिजको लागि पर्खिरहेको छु ।’कार्तिक, कृति र मनिषाले फेब्रुअरी १० मा ‘शहजादा’ रिलिजसँगै बक्स अफिसमा जादू सिर्जना गर्ने आशा गरेका छन् । कार्तिक आर्यनसँग फिल्मको एक रोचक लाइनअप पनि छ जसमा ‘आशिकी ३’, ’सत्यप्रेम की कथा’, ’क्याप्टेन इण्डिया’ र कबीर खानको अनटाइटल नेक्स्ट समावेश छन् ।

 

सम्बन्धित खबर