LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले ओस्कार अवार्डका लागि योग्य ३०१ फिचर फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फिल्महरू द कश्मीर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान बनाएका छन् ।ओस्कारको यो रिमाइन्डर सूचीमा समावेश फिल्मले आधिकारिक रूपमा विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्छन्, तर जनवरी २४ मा घोषणा हुने मनोनयन सूचीमा छानिने भन्ने ग्यारेन्टी हुँदैन । रिमाइन्डर सूचीमा पनि नेपालका दुवै फिल्म अटाउन सकेनन् । यसको अर्थ लोरी र ऐना झ्यालको पुतली बाहिरिए भन्ने हो ।

पान नलिनको ‘छेल्लो शो’ अन्तिम फिल्म शो सहित सूचीमा विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’, मराठी फिल्म ‘मी वसन्तराव’ र ‘तुझ्या साथी कही ही’, आर माधवनको ‘रकेटरी द नाम्बी इफेक्ट’, ‘इराविन निजल’ र कन्नड फिल्म ‘विक्रान्त रोना’ पनि अटाएका छन् ।गत डिसेम्बरमा सार्वजनिक गरिएको १० विधाको सर्टलिस्टमा, ‘छेल्लो शो’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म खण्डमा स्थान बनायो, जबकि ब्लकबस्टर ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले संगीत मूल गीत श्रेणीमा स्थान पाएका थिए । जनवरी २४ मा ओस्कार समारोह आयोजना हुँदैछ ।

सम्बन्धित खबर