LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले ओस्कार अवार्डका लागि योग्य ३०१ फिचर फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फिल्महरू द कश्मीर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान बनाएका छन् ।ओस्कारको यो रिमाइन्डर सूचीमा समावेश फिल्मले आधिकारिक रूपमा विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्छन्, तर जनवरी २४ मा घोषणा हुने मनोनयन सूचीमा छानिने भन्ने ग्यारेन्टी हुँदैन । रिमाइन्डर सूचीमा पनि नेपालका दुवै फिल्म अटाउन सकेनन् । यसको अर्थ लोरी र ऐना झ्यालको पुतली बाहिरिए भन्ने हो ।

पान नलिनको ‘छेल्लो शो’ अन्तिम फिल्म शो सहित सूचीमा विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’, मराठी फिल्म ‘मी वसन्तराव’ र ‘तुझ्या साथी कही ही’, आर माधवनको ‘रकेटरी द नाम्बी इफेक्ट’, ‘इराविन निजल’ र कन्नड फिल्म ‘विक्रान्त रोना’ पनि अटाएका छन् ।गत डिसेम्बरमा सार्वजनिक गरिएको १० विधाको सर्टलिस्टमा, ‘छेल्लो शो’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म खण्डमा स्थान बनायो, जबकि ब्लकबस्टर ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले संगीत मूल गीत श्रेणीमा स्थान पाएका थिए । जनवरी २४ मा ओस्कार समारोह आयोजना हुँदैछ ।

सम्बन्धित खबर