LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’सन् २०२२ मा ओभर दी टप ओटीटी प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ । मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरणअनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ ।फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र ऋषिता भट्टको पनि अभिनय रहेको छ । ओरम्याक्सको उक्त रिपोर्टअनुसार बलियो कन्टेन्ट भएको फिल्म उत्पादन कम्पनी पूजा इन्टरटेनमेन्टको कारण डिज्नी हटस्टारलाई दर्शकको साथ पाउन सहज भयो ।उक्त प्लेटफर्मले शीर्ष १५ मध्ये सबैभन्दा धेरै हेरिएका मौलिक शो र फिल्ममध्ये सातवटालाई स्ट्रिमिङ गरेको थियो र कट्पुतली सूचीको शीर्षस्थानमा छ । सन् २०२३ मा पूजा इन्टरटेन्मेन्टसँग ‘गणपथ’, ‘क्याप्सुल गिल’, ‘बडे मिया छोटे मिया’, र ‘कर्ण’जस्ता फिल्म लाइनअपमा छन् ।

 

सम्बन्धित खबर