LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौं । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले हलिउड स्टुडियो मार्भलको फिल्म गर्ने चर्चा छ । गोल्डेन ग्लोब्स समारोहपछि उनको बैठक स्टुडियोकी कार्यकारी प्रमुख भिक्टोरिया एलेन्सोसँग भएको पुष्टि भेराइटी म्यागजिनले गरेको छ ।यो भेटपछि एनटीआर मार्भल सिनेम्याटिक युनिभर्स एमसीयू०मा जोडिने चर्चा चुलिएको हो । भेराइटीसँगको एक अन्तर्वार्तामा पनि एनटीआरले आफूलाई एमसीयू फिल्ममा अभिनय गर्न रुचि रहेको बताइसकेका छन् ।अभिनेता एनटीआर र मार्भलकी कार्यकारी प्रमुख एलेन्सोसँग गफगाफ भए पनि कुराकानी केमा केन्द्रित भयो भन्ने चाहिं खुलेको छैन । यद्यपि एनटीआरलाई हलिउड प्रवेश गर्ने द्वार चाहिं यो गोल्डेन ग्लोब्स पार्टी बन्न सक्छ ।

एनटीआर’ अभिनित फिल्म ‘आरआरआर’ले गोल्डेन ग्लोब्समा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको छ । क्रिटिक्स च्वाइसमा चाहिं यो फिल्म मौलिक गीत र विदेशी भाषी विधातर्फ उत्कृष्ट बनेको छ । यसकारण आरआरआरका कलाकारहरु हलिउडको नजरमा परेका छन् । विश्व प्रतिष्ठित ओस्कार अवार्ड आउन केही साता बाँकी छ र यसमा पनि आरआरआरले कम्तीमा कुनै एक अवार्ड जित्ने अपेक्षा छ ।गोल्डेन ग्लोब्सको पार्टीमा भेराइटीसँग कुरा गर्दै आरआरआरका अर्का अभिनेता रामचरणले पनि आफूलाई सुपरहिरोको भूमिका गर्न मन लागेको बताएका थिए । ‘क्याप्टेन अमेरिका, किन नगर्ने हामीसँग भारतमा पनि अचम्मका सुपरहिरोहरु छन् । हाम्रा एक जना सुपरहिरोलाई यहाँ आउन किन निम्तो नगर्ने रु’ रामचरणले भनेका छन् ।

 

सम्बन्धित खबर