LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । फिल्म ‘सिड्नी’को पत्रकार सम्मेलन निकै रोचक रह्यो । सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् ।पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्, ‘कुनै पनि निर्धारित क्षेत्रमा एक दशकभन्दा लामो समय बिताइसकेको कलाकारलाई तपाईंले त्यो प्रश्न गर्न शोभा दिन्छ मोर द्यान टेन एयर्स ।’दर्शकप्रति कलाकारको जिम्मेवारी आफूले पाएको पात्रलाई निखार्नु हो भन्दै उनले जवाफ दिइन् ।

साथै, उनले हिजो मात्र रिलिज भएको फिल्मको नाम समेत बिर्सिएको भन्दै पत्रकारलाई कटाक्ष समेत गरेकी थिइन् । रीमासँगै बसेका अभिनेता सविन श्रेष्ठले यो घोचपेचपूर्ण माहोललाई मत्थर तुल्याउने प्रयास गरे ।पछिल्लो समय टेलिभिजन रियालिटी शोको होस्ट गर्न व्यस्त रीमा ‘सिड्नी’मार्फत फिल्म अभिनयमा पुनरागमन गर्दैछिन् । देवकुमार श्रेष्ठले निर्देशन गर्ने यो फिल्ममा रीमा र सविन प्रमुख भूमिकामा हुनेछन् ।१२ वर्षअघि रिलिज भएको प्रसन्न पौडेल निर्देशित फिल्म ‘स्वर’मार्फत अभिनय करिअर थालेकी रीमाले त्यो दश घण्टा, भिजागर्ल, रितु, इस्केप, भाले फाइट, बाटोमुनिको फूल २, मिस्टर नेपाली र हिजोआजका कुरामा अभिनय गरेकी छन् ।

सम्बन्धित खबर