LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । चार वर्षपछि रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक एएट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो ।गत वैशाख १ गते रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’लाई यी दुई वितरकले साढे दुई करोड रुपैयाँ एक करोड ५६ लाख भारुमा खरिद गरेका थिए । ‘पठान’को लगानी उठाउन फिल्मले झण्डै नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । यदि फिल्मको वर्ड अफ माउथ सकारात्मक आएमा यसले दुई अंकको कमाइ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।शाहरुखको फिल्म चार वर्षपछि आउन लागेकाले पनि नेपाली फ्यानमाझ यसलाई लिएर ठूलै पर्खाइ छ । यो फिल्म आगामी बुधबार नेपालसहित विश्वभर प्रदर्शन हुनेछ । दर्शकमाझ बुधबार र विहीबार रिलिजको बानी नपरे पनि फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गर्न सक्ने देखिन्छ । भारतमा फिल्मले पहिलो दिन ३९ देखि ४१ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण बलिउड हंगामाले गरेको छ ।भारतमा बुकिङ खुलिसकेकाले आक्रामक ट्रेण्ड देखिएको छ भने नेपालमा सेन्सरपछि मात्र बुकिङ खुलाउने तयारी मल्टिप्लेक्सले गरेका छन् ।

सम्बन्धित खबर