LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी विधिमार्फत बच्चा जन्माउने कुरालाई निशाना बनाउँदा आफूलाई दुःख हुने गरेको समेत उनले बताएकी छन् ।मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले आमा बन्न सरोगेसीको सहारा लिएको उनले बताइन् । सरोगेसीमार्फत सन्तान जन्माउनुको कारण बताउँदै प्रियंका चोपडाले भनिन्, ‘मलाई मेडिकल जटिलता छ, मेरो लागि यो आवश्यक थियो कि यदि मेरो बच्चा छ भने सरोगेसी मार्फत गराउनुपर्छ । तर, जसरी भएपनि आमा बन्ने मौका पाएकोमा म भाग्यमानी छु ।

म मेरो सरोगेटलाई धन्यवाद दिन चाहन्छु जसले मेरी छोरीलाई ६ महिनासम्म गर्भमा राखिन् । आफूविरुद्ध कसैले भनेका सबै कुरा सहन सक्ने तर छोरीलाई कसैले केही भन्यो भने सहन नसक्ने उनले बताइन् । भनिन्, ‘जब मेरी छोरी जन्मिइन्, उनी निकै प्रि-म्याच्योर थिइन् । उनी १०० दिनसम्म आईसीयूमा बस्नुपर्ने भयो ।मैले उसको साना हात समातेको र डाक्टरले उसको नसा फेला पारेको समयलाई म वर्णन गर्न सक्दिन । यो मेरो र मेरी छोरीको लागि कठिन समय थियो, त्यसैले म उनी कुनै पनि गसिपको हिस्सा बन्न चाहन्न । म मेरी छोरीको बारेमा धेरै सुरक्षात्मक छु’ उनले भनिन् ।

प्रियंकाकी छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी हुन् । रिपोर्टका अनुसार बच्चाको जन्म मिति अप्रिलमा दिइएको थियो तर जन्म जनवरीमा भएको थियो । प्रि-म्याच्योर डेलिभरीको कारण छोरी पनि अलि कमजोर थिइन् । त्यसैले निक–प्रियंकाले छोरी पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।प्रियंका र हलिउड गायक निक जोनसले डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा हिन्दू र इसाई परम्परा अनुसार विवाह गरेका थिए । निक र प्रियंकाको उमेरमा ठूलो अन्तर छ । प्रियंका निकभन्दा १० वर्ष जेठी छिन् ।

प्रियंकाको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी छिट्टै रोमान्स ड्रामा ‘लभ अगेन’मा देखिनेछिन् । यसबाहेक उनी वेब सिरिज सिटाडेलमा पनि देखिनेछिन् । प्रियंकाको बलिउड प्रोजेक्टको बारेमा कुरा गर्दा, उनी फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘जी ले जरा’मा पनि देखिनेछिन्।यस फिल्ममा प्रियंकाले पहिलो पटक कट्रिना क्याफ र आलिया भट्टसँग स्क्रिन सेयर गर्नेछिन् ।

सम्बन्धित खबर