LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

काठमाडौं । अक्षयकुमार र इमरान हासमी स्टारर बलिउड फिल्म ‘सेल्फी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । स्टार स्टुडियोले आफ्नो युट्युब च्यानलमा आइतबार ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो भिडियोमा अक्षयलाई ‘सुपरस्टार’ र पुलिस अफिसर इमरान हासमीलाई उनको ‘सबैभन्दा ठूलो फ्यान’ को रूपमा चित्रण गरिएको छ ।इमरानले आफू र छोरा ‘नायक’सँग सेल्फी लिन चाहेको र पत्नीको रोलमा रहेकी नुसरत भरुच्चाले यदि अक्षयको विरुद्धमा बोलिन् भने सम्बन्धविच्छेद गर्ने चेतावनी दिने चरित्रको खुलासा पनि ट्रेलरले गरेको छ ।

तर एक ड्राइभिङ लाइसेन्सको विषयलाई लिएर यी पात्रबीचको सम्बन्ध खराब बन्छ ।अक्षयको पात्रले लाइसेन्स कुनै हालतमा निकाल्ने बताएपनि हाश्मीले चाहिं सामान्य मानिसले जस्तै कागजात लिनुपर्ने बताउँछन् । ट्रेलरमा कमेडी, एक्सनका साथै भावनात्मक दृश्य पनि समावेश छन् । भिडियोको अन्त्यमा अक्षय र इमरान डिस्कोमा चम्किलो पोशाकमा देखिएका छन् । जसमा ‘मै खिलाडी तु अनारी’ गीत पृष्ठभूमिमा बजिरहेको छ । गीतमा नुसरत र डायना पेन्टी पनि छन् । यसको मूल ट्रयाक सन् १९९४ मा रिलिज भएको सोही नामको फिल्मको हो जसमा अक्षय र सैफ अली खान थिए ।इन्स्टाग्राममा ट्रेलर सेयर गर्दै अक्षयले लेखेका छन्, ‘मलाई उनको कथाको खलनायक थाहा छैन, तर नायक सेल्फी हो १ अब सेल्फीको ट्रेलर हेर्नुहोस् ।

’ अक्षय र इमरान पहिलो पटक आगामी मसाला इन्टरटेनरमा एकसाथ काम गर्दैछन् । सेल्फी आगामी फागुन १२ गते रिलिज तयारीमा छ । राज मेहताद्वारा निर्देशित ‘सेल्फी’ मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’को आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा पृथ्वीराज र सुरज भेन्जारामुडु मुख्य भूमिकामा थिए ।सेल्फी’ बाहेक, यशराज फिल्मको ‘टाइगर ३’मा इमरानले सलमान खानको अपोजिटमा नकारात्मक भूमिका निभाइरहेका छन् भन्ने खबर आएको छ । फिल्मको टिमबाट आधिकारिक घोषणा आउन बाँकी छ । अर्कोतर्फ अक्षय पनि ‘ओएमजी स् ओ माइ गड २’मा देखिनेछन् । टाइगर श्राफसँग एक्सन थ्रिलर फिल्म ‘बडे मिया छोटे मिया’मा र तमिल फिल्म ‘सूरराई पोत्रु’को आधिकारिक हिन्दी रिमेकमा पनि उनी आउने जनाइएको छ ।

 

सम्बन्धित खबर