LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

काठमाडौं । अक्षयकुमार र इमरान हासमी स्टारर बलिउड फिल्म ‘सेल्फी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । स्टार स्टुडियोले आफ्नो युट्युब च्यानलमा आइतबार ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो भिडियोमा अक्षयलाई ‘सुपरस्टार’ र पुलिस अफिसर इमरान हासमीलाई उनको ‘सबैभन्दा ठूलो फ्यान’ को रूपमा चित्रण गरिएको छ ।इमरानले आफू र छोरा ‘नायक’सँग सेल्फी लिन चाहेको र पत्नीको रोलमा रहेकी नुसरत भरुच्चाले यदि अक्षयको विरुद्धमा बोलिन् भने सम्बन्धविच्छेद गर्ने चेतावनी दिने चरित्रको खुलासा पनि ट्रेलरले गरेको छ ।

तर एक ड्राइभिङ लाइसेन्सको विषयलाई लिएर यी पात्रबीचको सम्बन्ध खराब बन्छ ।अक्षयको पात्रले लाइसेन्स कुनै हालतमा निकाल्ने बताएपनि हाश्मीले चाहिं सामान्य मानिसले जस्तै कागजात लिनुपर्ने बताउँछन् । ट्रेलरमा कमेडी, एक्सनका साथै भावनात्मक दृश्य पनि समावेश छन् । भिडियोको अन्त्यमा अक्षय र इमरान डिस्कोमा चम्किलो पोशाकमा देखिएका छन् । जसमा ‘मै खिलाडी तु अनारी’ गीत पृष्ठभूमिमा बजिरहेको छ । गीतमा नुसरत र डायना पेन्टी पनि छन् । यसको मूल ट्रयाक सन् १९९४ मा रिलिज भएको सोही नामको फिल्मको हो जसमा अक्षय र सैफ अली खान थिए ।इन्स्टाग्राममा ट्रेलर सेयर गर्दै अक्षयले लेखेका छन्, ‘मलाई उनको कथाको खलनायक थाहा छैन, तर नायक सेल्फी हो १ अब सेल्फीको ट्रेलर हेर्नुहोस् ।

’ अक्षय र इमरान पहिलो पटक आगामी मसाला इन्टरटेनरमा एकसाथ काम गर्दैछन् । सेल्फी आगामी फागुन १२ गते रिलिज तयारीमा छ । राज मेहताद्वारा निर्देशित ‘सेल्फी’ मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’को आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा पृथ्वीराज र सुरज भेन्जारामुडु मुख्य भूमिकामा थिए ।सेल्फी’ बाहेक, यशराज फिल्मको ‘टाइगर ३’मा इमरानले सलमान खानको अपोजिटमा नकारात्मक भूमिका निभाइरहेका छन् भन्ने खबर आएको छ । फिल्मको टिमबाट आधिकारिक घोषणा आउन बाँकी छ । अर्कोतर्फ अक्षय पनि ‘ओएमजी स् ओ माइ गड २’मा देखिनेछन् । टाइगर श्राफसँग एक्सन थ्रिलर फिल्म ‘बडे मिया छोटे मिया’मा र तमिल फिल्म ‘सूरराई पोत्रु’को आधिकारिक हिन्दी रिमेकमा पनि उनी आउने जनाइएको छ ।

 

सम्बन्धित खबर