LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम, ।आगामी तीन दिन भित्र मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।मंगलबार बसेको सत्ता साझेदार दलहरुको बैठकले तीन मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।मुख्यमन्त्री निवासमा पहिलो चरणको बैठक सकाएर पुनः बस्ने बैठकले आजै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेको नेकपा एमालेका संसदीय दलका नेता एवं बिनाविभागिय मन्त्री सरोजकुमार यादवले बताए ।अहिलेसम्मको छलफलमा माओवादीले १, जनमतले २, जसपाले ३ र एमालेले ४ वटा मन्त्रालय पाउने सहमति भएको छ ।मन्त्री यादवका अनुसार बिना विभागिय मन्त्रीलाई भने आज विभाग तोकिने तयारी गरिएको छ ।गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका जसपाको संसदीय दलको नेता सरोजकुमार यादवले २९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

सम्बन्धित खबर