LIVE
नीति तथा कार्यक्रम सर्वसम्मत पारित, टुक्रे योजना भन्दा ठूला आयोजनामा लगानी | नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु |

काठमाडौं । स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले नेपाल टी-२० लिगमा दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ गरेको पत्ता लागेको छ ।प्रहरी अनुसन्धानअनुसार प्रतियोगिताको खेल नम्बर ८ र खेल नम्बर १२ मा फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले फिक्सरसँगको सहमति कार्यान्वयन गरेका थिए ।पुस १२ गते काठमाडौं नाइट्सविरुद्धको खेलमा आदिलको एउटा नो बल त्रिवि मैदानमा पुगेर प्रत्यक्ष हेर्नेहरुका लागि पनि अस्वभाविक थियो । उनले ११.१ ओभरमा नो बल फालेका थिए । त्यस लगत्तै अर्को बल वाइड फालेका थिए । सो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । जहाँ दुई वाइड र एक नो बल सामेल थियो ।

पुस १४ गते जनकपुरको खेल फारवेष्ट युनाइटेडविरुद्ध थियो । सो खेलमा आदिलले एक ओभरमात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभरको पहिलो बल उनले नो बल फाले । लगत्तै वाइड बल पनि फाले ।यो ओभरमा उनले त्यही गरेका थिए, जुन दुई दिनअघि काठमाडौं नाइट्सविरुद्धको खेलमा १२औं ओभरमा गरेका थिए ।बयानमा आदिलले आफूलाई कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे केही नखुलाएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोमबार गृहनगर सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो ।

सम्बन्धित खबर