LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । ‘पठान’ रिलिज भएकै दिनको छेकोमा बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फरहाद सम्जी निर्देशित फिल्मको टिजरमा प्रशस्तै एक्सन दृश्य समावेश गरिएको छ । दर्शकले टिजरमा पनि सलमान खान शैलीलाई महसुस गर्न सक्छन् ।सलमानको पात्रलाई पूर्णतः एक्सन स्टन्टमा प्रस्तुत गरिएको छ । एक्सन हिरोले गर्नुपर्ने सबै स्टन्ट यसमा छ । सलमानको चरित्रले केही हाई-ओक्टेन स्टन्टहरू तान्दैछ र एक्सन हिरोले गर्नुपर्ने सबै काम गरिरहेको छ । यस ट्रेलरको आधारमा हेर्ने हो भने फिल्ममा केही फरक छैन, फिल्मको कथावस्तु सलमानले लेखेका हुन् ।सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ थियो, जुन सन् २०२१ मा रिलिज भएको थियो ।

कोरोना महामारीको दोस्रो लहरमा अर्को फिल्म ‘राधे’ सिधै ओटीटीमा रिलिज भएको थियो । सलमानले हालै दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको फिल्म ‘गड्फादर’ र शाहरुख खानको ‘पठान’मा विशेष केमियो भूमिका निर्वाह गरेका छन् । ‘दबङ ३’ यता फ्यानले सलमान शैलीका फिल्म हेर्न नपाएको गुनासो गरिरहेका छन् ।यो वर्ष किसीका भाइ किसीकी जानपछि सलमानको अर्को फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ । ‘किसीका भाइ किसीका जान’मा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा वेंकटेश दग्गुबती र रामचरणको विशेष भूमिका थियो । फिल्मलाई निर्देशन गरिरहेका फरहाद सामजीले यसअघि बच्चन पाण्डे र हाउसफुल ४ निर्देशन गरिसकेका छन् ।

सम्बन्धित खबर