LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

मधेश सरकार गठन भएको भएको दुई सप्ताह पछि मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक सरकार विस्तार गरेका छ ।मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रवार ६ मन्त्री र ३ राज्यमन्त्रीलाई नियुक्त गरेका छन् । विस्तारित मन्त्रीपरिषदमा स्वतन्त्रबाट निर्वाचित भई जसपामा प्रवेश गरेकी सुरिता साहलाई समाजिक विकास मन्त्रालय, एमालेका सत्रुधन प्रसाद सिंहलाई गृह तथा संचार मन्त्रालय र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवलाई शिक्षा विज्ञान तथा वाणिज्य मन्त्रालयको जिम्मेवारि मुख्यमन्त्री यादवले जानकारि दिए । त्यसैगरि, जसपाका सिंहाशन सा कलवारलाई खानेपानी तथा उर्जा विकास, एमालेका राजकुमार लेखिलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय र मोहम्मद जैद आलम खाँलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारि तोकिएको छ ।

त्यसैगरि, जसपाका सासद शेष अब्दुल कलाम अजाद(पुलबाबु)लाई समाजिक विकास राज्यमन्त्री, स्वतन्त्रबाट निर्वाचित भई आज शुक्रवार मात्रै एमालेका प्रवेश गरेका केशव रायलाई गृह तथा संचार राज्यमन्त्री र जनमत पार्टीका सासद संजय यादवलाई भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री यादवले बताए । प्रदेश सरकार दोस्रो पटक विस्तार भएपनि पुर्णता भने पाउन सकेको छैन । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषक कार्यालय वाहेक १० मन्त्रालय रहेको छ । यस अघि मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख मिश्रले भौतिक पुर्वाधार विकास मन्त्रीमा एमालेका संसदीय दलका नेतामा सरोज यादव, अर्थ मन्त्रीमा जसपाका सासद संजय कुमार यादव र जनमतका सासद बसन्त कुश्वाहालाई भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रीमा नियुक्त गरेका थिए । प्रदेशमा अहिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन ।

 

सम्बन्धित खबर