LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । ५८ वर्ष टेके पनि अभिनेता राजेश हमाल बेलाबेलामा आफूलाई युवा देखाउने प्रयास गरिरहन्छन् । जन्मदिनको केक काट्दा ‘स्वीट सिक्सटिन’ भन्दै हालै उनले केक काटेका थिए । त्यसअघि उनले ‘मन बुढो भएन’ भन्दै आफ्नै स्वरमा गीत पनि निकाले । म्युजिक भिडियामै सही, ढल्किंदो उमेर भए पनि उनले आफूलाई जवान देखाउन हरदम प्रयास गरिरहेकै हुन्छन् ।कैयौं म्युजिक भिडियोमा उनले आफूभन्दा असमान उमेरका मोडलसँग जोडी बाँधेका छन् । यसो गर्दा पनि उनलाई सुहाउने उनका फ्यानहरुको तर्क छ । यस्तोमा राजेश हमाल काठमाडौंमा आयोजित एक कार्यक्रममा रोमान्टिक सुनिए । उनले आफ्नै आवाजमा ‘मन बुढो भएन’ भन्दै गीत पनि गाए ।

गायक तथा अभिनेता यशकुमारको नयाँ गीत ‘गल्ली’को सार्वजनिक गर्न हमाल प्रमुख अतिथि बनेर पुगेका थिए । गीत सार्वजनिक गर्दै हमालले ‘मन बुढो भएन’ गीत गुन्गुनाए । ‘मेरो मन त बुढो हुने कुरै भएन,’ ठट्टा गर्दै उनले गीत गाउनुअघि भने, ‘मैले पनि गीत गाउने दुस्साहस गर्दैछु ।’कार्यक्रममा हमालले यशकुमारको प्रशंसा गरे । ‘यशजीले जसरी कलाकारिता प्रस्तुत गर्नुहुन्छ । भावनामा बुझेर महसुस गरेर कला पस्कनुहुन्छ । उहाँको कला ग्रहण गर्ने व्यक्तिले मनदेखि त्यसलाई सुन्छ र हेर्छ । त्यो उहाँको सरलता हो,’ हमालले भने । अघिल्लो म्युजिक भिडियोमा आफूले मोडल रेश्मा घिमिरेसँग काम गर्न पाउँदा खुसी लागेको समेत उनले बताए ।

सम्बन्धित खबर