LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

काठमाडौं । ५८ वर्ष टेके पनि अभिनेता राजेश हमाल बेलाबेलामा आफूलाई युवा देखाउने प्रयास गरिरहन्छन् । जन्मदिनको केक काट्दा ‘स्वीट सिक्सटिन’ भन्दै हालै उनले केक काटेका थिए । त्यसअघि उनले ‘मन बुढो भएन’ भन्दै आफ्नै स्वरमा गीत पनि निकाले । म्युजिक भिडियामै सही, ढल्किंदो उमेर भए पनि उनले आफूलाई जवान देखाउन हरदम प्रयास गरिरहेकै हुन्छन् ।कैयौं म्युजिक भिडियोमा उनले आफूभन्दा असमान उमेरका मोडलसँग जोडी बाँधेका छन् । यसो गर्दा पनि उनलाई सुहाउने उनका फ्यानहरुको तर्क छ । यस्तोमा राजेश हमाल काठमाडौंमा आयोजित एक कार्यक्रममा रोमान्टिक सुनिए । उनले आफ्नै आवाजमा ‘मन बुढो भएन’ भन्दै गीत पनि गाए ।

गायक तथा अभिनेता यशकुमारको नयाँ गीत ‘गल्ली’को सार्वजनिक गर्न हमाल प्रमुख अतिथि बनेर पुगेका थिए । गीत सार्वजनिक गर्दै हमालले ‘मन बुढो भएन’ गीत गुन्गुनाए । ‘मेरो मन त बुढो हुने कुरै भएन,’ ठट्टा गर्दै उनले गीत गाउनुअघि भने, ‘मैले पनि गीत गाउने दुस्साहस गर्दैछु ।’कार्यक्रममा हमालले यशकुमारको प्रशंसा गरे । ‘यशजीले जसरी कलाकारिता प्रस्तुत गर्नुहुन्छ । भावनामा बुझेर महसुस गरेर कला पस्कनुहुन्छ । उहाँको कला ग्रहण गर्ने व्यक्तिले मनदेखि त्यसलाई सुन्छ र हेर्छ । त्यो उहाँको सरलता हो,’ हमालले भने । अघिल्लो म्युजिक भिडियोमा आफूले मोडल रेश्मा घिमिरेसँग काम गर्न पाउँदा खुसी लागेको समेत उनले बताए ।

सम्बन्धित खबर