LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । चलचित्र निर्माता संघले वर्षमा २५० दिन अनिवार्य रुपमा नेपाली फिल्म प्रदर्शन गर्ने नीति ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । यसै साता निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई ज्ञापन बुझाउँदै यस्तो माग राखेको हो ।चलचित्र संघसँग चरणवद्ध वार्ता जारी रहँदा निर्माता संघले दबाबस्वरुप सेयर बाँडफाँटसहितका माग अघि सारेको छ । निर्माता संघले मन्त्रीलाई मागपत्र बुझाएपछि झस्किएको चलचित्र संघले मंगलबार विशालनगरस्थित कार्यालयमा वार्ता समितिको छलफल बोलाएको छ । महासचिव नरेन्द्र महर्जनले छलफल भइरहेको र जारी वार्ताबारे निष्कर्ष निकालिने बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि २५० दिन फिल्म चलाउनुपर्ने आफूहरुको माग पूरा हुनुपर्ने बताए । ‘यही नै हाम्रो बटमलाइन हो त भन्दैनौं तर यो माग हाम्रो प्रमुख एजेण्डा हो,’ खड्काले भने, ‘हामी पनि चलचित्र संघको रेस्पोन्स के हुन्छ, त्यसलाई कुरिरहेका हुन्छौं । त्यहीअनुसार हामी मुभ हुन्छौं ।’यसैबीच, निर्माता संघले सेयर बाँडफाँटको एजेण्डालाई पनि प्रमुखताका साथ अघि सारेको छ । जसमा पहिलो साता निर्माताले ६० प्रतिशत, दोस्रो हप्ता ५० र तेस्रो सातादेखि फिल्म नउत्रिउन्जेलसम्म ४० प्रतिशत फ्ल्याट रुपमा सेयर पाउनुपर्ने माग पनि निर्माता संघले अघि सारेको छ ।

सम्बन्धित खबर