LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फिल्म ‘ह्रस्वदीर्घ’को बुधबार तेस्रो दिनको छायांकन भइरहेको छ । नीता ढुंगाना निर्मात्री रहेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकन सेटबाट ताजा तस्वीर बाहिरिएको छ, जसले फिल्मका प्रमुख पात्रको ‘क्यारेक्टर लुक्स’बारे बताउँछ ।जुन तस्वीरमा नेपाली अभिनेता रविन्द्र झा भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँग देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्था र धोती लगाएर प्रस्तुत भएका छन् भने अलि राजस्थानी लुक्समा देखिएका छन् । रविन्द्र पण्डितको लुक्समा देखिएका छन् । यी तीन चरित्रको यो लुक्सले फिल्मको पात्रबारे खुलासा गर्छ । पहिलो दिन नेपाली अभिनेता र अलीको दृश्यसँगै फिल्मको छायांकन सुरु भएको थियो ।

१२ दिनसम्म रामोजी स्टुडियो र त्यसपछि आग्रास्थित ताजमहलमा फिल्म छायांकनको तयारी छ । त्यसपछि नेपालमा अर्को चरणको छायांकन हुने नीताले बताइन् । सुटिङ सुरु भएको दिनमा सेटमा उपस्थित भएका भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँगको तस्वीर नीताले सार्वजनिक गरेकी छन् ।युवायुवतीको प्रेमलाई विम्ब बनाएर कथावस्तु बुनिएको फिल्ममा नेपाली कलाकारहरु सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रा लगायतको अभिनय हुनेछ । मुख्य भूमिकामा स्वयं नीता पनि हुनेछिन् । फिल्मलाई नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

सम्बन्धित खबर