LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फिल्म ‘ह्रस्वदीर्घ’को बुधबार तेस्रो दिनको छायांकन भइरहेको छ । नीता ढुंगाना निर्मात्री रहेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकन सेटबाट ताजा तस्वीर बाहिरिएको छ, जसले फिल्मका प्रमुख पात्रको ‘क्यारेक्टर लुक्स’बारे बताउँछ ।जुन तस्वीरमा नेपाली अभिनेता रविन्द्र झा भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँग देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्था र धोती लगाएर प्रस्तुत भएका छन् भने अलि राजस्थानी लुक्समा देखिएका छन् । रविन्द्र पण्डितको लुक्समा देखिएका छन् । यी तीन चरित्रको यो लुक्सले फिल्मको पात्रबारे खुलासा गर्छ । पहिलो दिन नेपाली अभिनेता र अलीको दृश्यसँगै फिल्मको छायांकन सुरु भएको थियो ।

१२ दिनसम्म रामोजी स्टुडियो र त्यसपछि आग्रास्थित ताजमहलमा फिल्म छायांकनको तयारी छ । त्यसपछि नेपालमा अर्को चरणको छायांकन हुने नीताले बताइन् । सुटिङ सुरु भएको दिनमा सेटमा उपस्थित भएका भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीसँगको तस्वीर नीताले सार्वजनिक गरेकी छन् ।युवायुवतीको प्रेमलाई विम्ब बनाएर कथावस्तु बुनिएको फिल्ममा नेपाली कलाकारहरु सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रा लगायतको अभिनय हुनेछ । मुख्य भूमिकामा स्वयं नीता पनि हुनेछिन् । फिल्मलाई नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

सम्बन्धित खबर