LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

दुबई । यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ ।उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भूषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकालबीच छलफल चल्यो ।कागबेनी फेम्ड निर्देशक दाहालले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न नसक्ने बताए । अब नेपाली फिल्मले स्वदेश र विदेशमा पहिचान खोज्नुपर्ने बेला आएको उनले बताए ।

‘हामीलाई अब रोक्ने चीज केही पनि छैन । विदेशमा जान हामीलाई आफैंले आफैंलाई रोकेका छौं,’ उनले भने । नेपाली फिल्मको माग र आपूर्तिबीच सन्तुलन नमिलेको भन्दै दाहालले फिल्म मात्र नभएर विदेशमा नेपालको अन्य क्षेत्रको उपस्थिति पनि लाजमर्दो भएको बताए ।‘हामीले खाना र संस्कृतिलाई प्रवद्र्धन गर्न सकेका छैनौं । फिल्म त टाढा कुरा भयो । यो कुरा चलचित्र विकास बोर्डले बुझ्नुपर्छ,’ उनले भने ।क्यूएफएक्स सिनेमाजका निर्देशक तथा प्रदर्शक उद्दिनले चीन र भारतजस्ता उदयीमान फिल्म बजारहरु नेपालका छिमेकी हुनुले फिल्म बजारको भविष्य राम्रो रहेको बताए । ‘अब हामीले मौलिक कथा मात्र भनौं । बजारको सम्भावना राम्रो छ,’ उनले भने ।

फिल्मबारेको सचेतना दर्शकलाई नहुने तर यसलाई लिएर निर्माता मात्र तात्ने गरेको अनुभव उनले बाँडे । ‘नेपालमा निर्मातालाई मात्र फिल्मलाई लिएर गर्मी हुने गरेको छ । दर्शकलाई हुँदैन । राम्रोसँग प्रचार गरेको भए ऐना झ्यालको पुतलीले राम्रो हाइप पाउँथ्यो,’ उनले भने ।नेपाली फिल्मले देशभित्रको बजारलाई पनि खोज्नुपर्ने बेला आएको उनले बताए । फिल्म निर्माण पैसाले मात्र नहुने भएर अध्ययन र सिर्जना महत्वपूर्ण हुने उनले बताए ।

अभिनेत्री ऋचा शर्माले आफ्ना लागि फिल्म कलाको व्यापार रहेको बताइन् । आफू डिजिटल पुस्ताको अभिनेत्री भएपनि सन् २०१० मा रिलिज भएको आफू निर्मित फिल्म भिजागर्लदेखि हालै रिलिज भएको चि मुसी चिसम्म आइपुग्दा आफू फिल्मको ‘थट प्रोसेस’मा अघि बढ्न नपाएको उनले बताइन् ।नेपाली फिल्म शोको आधारमा मात्र रिलिज भएको भन्दै अभिनेत्री शर्माले विदेशमा नेपाली फिल्मको लागि तयारी गर्नु भनेको फिल्म नै राम्रो हुनुपर्ने बताइन् । कलाकारलाई स्वअभिमुखीकरणको संकट परेको र विदेशमा आफ्नो देशलाई प्रतिनिधित्व गर्ने सवालमा पनि कलाकारले त्यो व्यक्तित्व विकास गर्न नसकेको उनको धारणा थियो ।

बुसान, कान्स र सनडान्सजस्ता ठूला फिल्म फेस्टिभलमा समेत नेपाली निर्माता र प्रदर्शकले भाग लिनुपर्ने बताउँदै ऋचाले पछिल्लो समय नेपाली फिल्मको कथावाचनमा प्रगति भएको सुनाइन् ।‘म २० वर्षमा हुँदा ३० वर्षका कलाकार हराउँदै जानुभएको थियो । मैले लिड रोलको कुरा गरेकी छैन । बरु जे रोल पाउनुहुन्छ, त्यसलाई राम्रोसँग निर्वाह गर्नुपर्छ भन्ने लाग्छ,’ ऋचा भन्छिन् ।मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रियाअनुसार फिल्म वितरण गर्ने बताए । सामाजिक सञ्जालका पृष्ठ र समूहलाई आफूले फिल्म प्रचारको माध्यम बनाइरहेको भन्दै उनले नेपाली रेस्टुरेन्टदेखि घुमघाम हुने ठाउँसम्म प्रचार गरिरहेको बताए ।

चलचित्र विकास बोर्डको आयोजना र सूर्य कर्पोरेसनको व्यवस्थापनमा दुबईमा फेस्टिभल भइरहेको छ । फेस्टिभलको अन्तिम दिन बुधबार यस वर्ष ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ऐना झ्यालको पुतली प्रदर्शन हुँदैछ भने विदेशी फिल्म निर्माता पनि सहभागी हुने कार्यक्रम छ ।बुधबार नेपालबाट पुगेका कलाकारले नेपाली मौलिक पोशाकका साथ रेडकार्पेटमा सहभागिता जनाउँदैछन् ।

सम्बन्धित खबर