LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । फिल्मलाई सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । २३ मिनेट ३८ सेकेन्ड लामो फिल्म राम्रो इन्टरटेनेमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको हो ।फिल्मले व्यस्त जीवनशैली अपनाउने परिवारभित्र हुर्किरहेको एउटा सानो बच्चाले रेखदेख नपाउँदा उसको मनभित्र उत्पन्न हुने मनोभावलाई प्रस्तुत गर्छ ।सर्ट फिल्ममा आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, नारायण कँडेल, प्रञ्जल पौडेल, सृष्टि भुसाललगायत कलाकारको अभिनय छ ।

एक हप्ताभन्दा बढी समय लगाएर काठमाडौं उपत्यका आसपासमा खिचिएको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउँदा नेपालमा प्रदर्शन हुन ढिला भएको निर्देशक ज्ञवालीले बताए ।राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘आराध्या’का निर्माता सञ्जीकुमार शाह हुन् । फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् भने संकल्प भुजेलले छायांकन गरेका हुन् ।ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभरलगायत एक दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

 

सम्बन्धित खबर