LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । फिल्मलाई सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । २३ मिनेट ३८ सेकेन्ड लामो फिल्म राम्रो इन्टरटेनेमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको हो ।फिल्मले व्यस्त जीवनशैली अपनाउने परिवारभित्र हुर्किरहेको एउटा सानो बच्चाले रेखदेख नपाउँदा उसको मनभित्र उत्पन्न हुने मनोभावलाई प्रस्तुत गर्छ ।सर्ट फिल्ममा आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, नारायण कँडेल, प्रञ्जल पौडेल, सृष्टि भुसाललगायत कलाकारको अभिनय छ ।

एक हप्ताभन्दा बढी समय लगाएर काठमाडौं उपत्यका आसपासमा खिचिएको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउँदा नेपालमा प्रदर्शन हुन ढिला भएको निर्देशक ज्ञवालीले बताए ।राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘आराध्या’का निर्माता सञ्जीकुमार शाह हुन् । फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् भने संकल्प भुजेलले छायांकन गरेका हुन् ।ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभरलगायत एक दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

 

सम्बन्धित खबर