LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छड्के २’ विधाको हिसाबले अनमोल केसीको लागि पहिलो ग्याङस्टर फिल्म हो । टीनएज लभस्टोरी खेलेका उनको लागि ‘छड्के’को दोस्रो श्रृंखला अर्थपूर्ण छ । यसअर्थमा कि प्रेमकथाबाहेकका अन्य विधामा उनी उत्तीर्ण हुन्छन् या हुँदैनन् भन्ने कुरा धेरै हदसम्म ‘छड्के २’मा निर्भर हुनेछ ।टिजर हेर्दा ग्याङस्टर तन्नेरी मेनडगको भूमिकामा उनी छन् । शरीरमा ट्याटु हान्ने, सिगरेट तान्ने, डनको भाषा बोल्नेदेखि पहिरन पनि त्यस्तै लगाउने खालका ‘योङ्ग्री योङ म्यान’को आवरणमा उनी आकर्षक त देखिएका छन् तर मुख्य चरित्र (प्रोटागोनिस्ट)मा उनी कति खरो उत्रिन सक्छन् भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।

अघिल्ला फिल्महरु होस्टेल, जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३, ए मेरो हजुर ४ मा उनी लभरब्वाइको भूमिकामा छन् । ‘कृ’मा प्रेमी र एक्सन रोलमा देखिएका उनी ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिए । जनराको हिसाबले छड्के २ अनमोललाई विशुद्ध नयाँ हो । यदि यो फिल्ममा सफल भए उनले चरित्रको विविधतामा पनि बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ । साथै, अभिनयलाई लिएर उनीमाथि लागिरहने आलोचनालाई जवाफ दिने मौका पनि हुनेछ ।

 

सम्बन्धित खबर