LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छड्के २’ विधाको हिसाबले अनमोल केसीको लागि पहिलो ग्याङस्टर फिल्म हो । टीनएज लभस्टोरी खेलेका उनको लागि ‘छड्के’को दोस्रो श्रृंखला अर्थपूर्ण छ । यसअर्थमा कि प्रेमकथाबाहेकका अन्य विधामा उनी उत्तीर्ण हुन्छन् या हुँदैनन् भन्ने कुरा धेरै हदसम्म ‘छड्के २’मा निर्भर हुनेछ ।टिजर हेर्दा ग्याङस्टर तन्नेरी मेनडगको भूमिकामा उनी छन् । शरीरमा ट्याटु हान्ने, सिगरेट तान्ने, डनको भाषा बोल्नेदेखि पहिरन पनि त्यस्तै लगाउने खालका ‘योङ्ग्री योङ म्यान’को आवरणमा उनी आकर्षक त देखिएका छन् तर मुख्य चरित्र (प्रोटागोनिस्ट)मा उनी कति खरो उत्रिन सक्छन् भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।

अघिल्ला फिल्महरु होस्टेल, जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३, ए मेरो हजुर ४ मा उनी लभरब्वाइको भूमिकामा छन् । ‘कृ’मा प्रेमी र एक्सन रोलमा देखिएका उनी ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिए । जनराको हिसाबले छड्के २ अनमोललाई विशुद्ध नयाँ हो । यदि यो फिल्ममा सफल भए उनले चरित्रको विविधतामा पनि बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ । साथै, अभिनयलाई लिएर उनीमाथि लागिरहने आलोचनालाई जवाफ दिने मौका पनि हुनेछ ।

 

सम्बन्धित खबर