LIVE
सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा |

काठमाडौं । बलिउड फिल्म ‘हेराफेरी ३’को कलाकार हेरफेरलाई लिएर सन् २०२२ मा निकै चर्चा चल्यो । स्क्रिप्टमा चित्त नबुझेको भन्दै अक्षय कुमारले आफू तेस्र्रो श्रृंखलामा नजोडिने बताएपछि त सामाजिक सञ्जालमा तरंग नै ल्यायो । अक्षयलाई सिक्वेलमा फिर्ता ल्याउनुपर्ने नत्र बहिष्कार गर्ने भनेर फ्यानले अभियान नै चलाए ।अक्षयले आफू फिल्ममा नहुने बताएको दुई सातापछि निर्माता फिरोज नाडियावालाले दर्शकको दबाबपछि अक्षयलाई फिर्ता ल्याउन छलफल चलाए । जब समाचार भाइरल बन्यो सोसल मिडियामा केहीले यसलाई फेक न्युज भएको दाबी गरे र केहीले लेखकको मजाक पनि गरे । एक साताअघि पनि हेराफेरी ३ को भविष्य तय गर्न अक्षय कुमार, सुनिल शेट्टी र परेश रावलले मुम्बईको एम्पायर स्टुडियोमा भेटेको खबर पनि बाहिरिएको थियो ।

‘हेराफेरी ३’ मा उनीहरुको यो पहिलो आधिकारिक बैठक थियो । अब भने यो फिल्मलाई लिएर विशेष अपडेट छ । स्रोतका अनुसार अक्षय कुमार, सुनिल शेट्टी र परेश रावललाई शीर्ष भूमिकामा लिएर मंगलबारदेखि मुम्बईमा छायांकन सुरु भएको छ ।चाखलाग्दो कुरा के छ भने पहिलो हेराफेरी पनि सन् १९९९ मा मुम्बईको एम्पायर स्टुडियोमा छायांकन भएको थियो । ठीक २४ वर्षपछि यो फिल्मको अर्को शृंखला त्यही ठाउँमा छायांकन हुँदैछ । हेराफेरी ३ मा धेरै कलाकारको सहभागिता हुनेछ । भारतको सबैभन्दा ठूलो कमिक फ्रेन्चाइज समेत बताइएको यो फिल्मबारे आगामी दिनमा थप विवरण सार्वजनिक गर्ने तयारी छ । निर्देशकको नाम अझै खुलाइएको छैन ।राजुको रूपमा अक्षय कुमार, श्यामको रूपमा सुनिल शेट्टी र बाबुरावको रूपमा परेश रावल भारतीय फिल्मका सबैभन्दा प्रतिष्ठित पात्र हुन् । विगत १७ वर्षदेखि हेराफेरी हिन्दी फिल्मका दर्शकमाझ कमेडी फिल्मको मानक बनेको छ । नेपाली दर्शकमाझ पनि हेराफेरी ३ को क्रेज उत्तिकै लोभलाग्दो छ ।

सम्बन्धित खबर