LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

सप्तरी,  ।सशस्त्र प्रहरीका असईको कार्यालयभित्रै हत्या गरेको अभियोगमा प्रहरी जवानलाई जन्मकैदको सजाय तोकिएको छ।सोमबार जिल्ला अदालत सप्तरीका न्यायाधीश नविनकुमार जोशीको इजलाशले सशस्त्र प्रहरी जवान ३९ वर्षीय होमबहादुर खत्रीलाई जन्मकैद सजाय तोकेका छन् ।सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई ४५ वर्षीय सत्यनारायण यादवको उनले हत्या गरेका थिए ।जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले कात्तिक २२ गते खत्रीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो।

सोमबार अदालतले अभियुक्त खत्रीलाई जन्मकैदका साथै तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला गरेको हो ।बयानका क्रममा अभियुक्त खत्रीले २०७९ असोज १९ गते राति असई यादवको हत्या गरेको स्वीकारेका थिए । खत्रीले वियर खाएर यादवले आफूमाथि लाठीले हिर्काएको बताएका थिए । रिस थाम्न नसकी हुत्याउँदा यादवको टाउकोमा चोट लागेको र दोहोर्‍याएर धकेल्दा टाउको पछाडि ठोक्किएर घ्यार घ्यार गर्न थालेपछि घाँटी थिचेर हत्या गरेको खत्रीले बयानमा भनेका थिए।

सम्बन्धित खबर