LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ । यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।साथै, यो फिल्म सबैभन्दा छिटो ५०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म समेत बनेको छ । यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ले घरेलु बक्स अफिसमा ३७४.४३ करोड भारु कमाएको थियो । तर ‘दंगल’को यो रेकर्डलाई ‘पठान’ले धेरै अघि तोडिसकेको छ ।

‘पठान’ले पहिलो सातामै ३०० करोड भारुको आँकडा पार गरेको थियो । ओपनिङ कलेक्सन ३१८ करोड भारु थियो । यसअघि ‘केजीएफ २’को हिन्दी संस्करणले पहिलो साता सबैभन्दा धेरै कमाएको थियो भने ‘बाहुबली २’ दोस्रो स्थानमा थियो ।रिलिजको पहिलो दिनमा ‘पठान’ले ५५ करोड भारु ओपनिङ गरेको थियो । यसअघि यो रेकर्ड ‘केजीएफ २’ को नाममा थियो, जसको हिन्दी संस्करणले पहिलो दिन ५३.९५ करोड भारु कलेक्सन ग¥यो । हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’ले भारतमा ५३.३५ करोड भारु ओपनिङ गरेको थियो । ‘पठान’ले रिलिजसँगै यी सबै रेकर्ड तोडेको छ ।

सम्बन्धित खबर