LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ । यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।साथै, यो फिल्म सबैभन्दा छिटो ५०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म समेत बनेको छ । यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ले घरेलु बक्स अफिसमा ३७४.४३ करोड भारु कमाएको थियो । तर ‘दंगल’को यो रेकर्डलाई ‘पठान’ले धेरै अघि तोडिसकेको छ ।

‘पठान’ले पहिलो सातामै ३०० करोड भारुको आँकडा पार गरेको थियो । ओपनिङ कलेक्सन ३१८ करोड भारु थियो । यसअघि ‘केजीएफ २’को हिन्दी संस्करणले पहिलो साता सबैभन्दा धेरै कमाएको थियो भने ‘बाहुबली २’ दोस्रो स्थानमा थियो ।रिलिजको पहिलो दिनमा ‘पठान’ले ५५ करोड भारु ओपनिङ गरेको थियो । यसअघि यो रेकर्ड ‘केजीएफ २’ को नाममा थियो, जसको हिन्दी संस्करणले पहिलो दिन ५३.९५ करोड भारु कलेक्सन ग¥यो । हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’ले भारतमा ५३.३५ करोड भारु ओपनिङ गरेको थियो । ‘पठान’ले रिलिजसँगै यी सबै रेकर्ड तोडेको छ ।

सम्बन्धित खबर