LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

काठमाडौं । ‘छक्कापञ्जा ४’ आगामी फागुन २५ गते मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले उक्त मितिमा दीपकराज गिरी स्टारर फिल्मलाई यूएई, कतार, ओमान, बहराइन र कुवेतमा रिलिज गर्ने भएको हो । साउदी अरेबियाको प्रदर्शन मिति भने तय भइसकेको छैन ।चलचित्र विकास बोर्डसँग भएको सहमतिपछि नेपफिल्म्सले औपचारिक रुपमै छक्कापञ्जा ४ लाई मध्यपूर्वका मुलुकमा रिलिज गर्न लागेको हो । ती मुलुकका दर्शकले नेपाल रिलिजको ६ दिनपछि मात्र यो फिल्मलाई हेर्न पाउनेछन् । नेपालमा भने फागुन १९ गते प्रदर्शन तयारी छ ।

साउदी अरबमा अहिलेसम्म नेपाली फिल्म रिलिज भएको छैन । ‘त्यहाँ पनि नेपाली फिल्मलाई पहिलोपटक रिलिज गरेर बजारको नयाँ ढोका खोल्न चाहन्छौं,’ वितरक रमेश ढकालले दुबईबाट अनलाइनखबरसँग भने, ‘साउदीको हकमा तयारी भइरहेको छ ।’ दुई वर्षअघि पहिलोपटक फिल्म हल खोलेको साउदीले पछिल्लो समय फिल्म, मनोरञ्जन र खेलमार्फत आर्थिक उदारीकरणको यात्रा तय गरेको छ । साउदीले छानिएका हलिउड र बलिउड फिल्मलाई मात्र प्रदर्शन गरिरहेको छ ।

साउदीले अनुमति दिएमा कुल पर्दा संख्या ७० पुग्ने ढकालले जानकारी दिए । ‘कबड्डी ४’ साउदीबाहेक मध्यपूर्वका ५८ हलमा रिलिज भएको थियो । अहिलेसम्म खाडी मुलुकमा धेरै कमाउने नेपाली फिल्म पनि कबड्डी ४ नै हो ।यसैबीच, छक्कापञ्जा ४ चलिसकेपछि मात्र ‘छड्के २’लाई मध्यपूर्वमा प्रदर्शन गर्ने तयारी छ । गत साता दुबईमा आयोजित नेपाल सिनेमा फेस्टको क्रममा बोर्ड अध्यक्ष भुवन केसी र नेपफिल्म्सका प्रमुख ढकालबीच मध्यपूर्वमा फिल्म रिलिजको सहमति भएको थियो ।

सम्बन्धित खबर