LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । ‘छक्कापञ्जा ४’ आगामी फागुन २५ गते मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले उक्त मितिमा दीपकराज गिरी स्टारर फिल्मलाई यूएई, कतार, ओमान, बहराइन र कुवेतमा रिलिज गर्ने भएको हो । साउदी अरेबियाको प्रदर्शन मिति भने तय भइसकेको छैन ।चलचित्र विकास बोर्डसँग भएको सहमतिपछि नेपफिल्म्सले औपचारिक रुपमै छक्कापञ्जा ४ लाई मध्यपूर्वका मुलुकमा रिलिज गर्न लागेको हो । ती मुलुकका दर्शकले नेपाल रिलिजको ६ दिनपछि मात्र यो फिल्मलाई हेर्न पाउनेछन् । नेपालमा भने फागुन १९ गते प्रदर्शन तयारी छ ।

साउदी अरबमा अहिलेसम्म नेपाली फिल्म रिलिज भएको छैन । ‘त्यहाँ पनि नेपाली फिल्मलाई पहिलोपटक रिलिज गरेर बजारको नयाँ ढोका खोल्न चाहन्छौं,’ वितरक रमेश ढकालले दुबईबाट अनलाइनखबरसँग भने, ‘साउदीको हकमा तयारी भइरहेको छ ।’ दुई वर्षअघि पहिलोपटक फिल्म हल खोलेको साउदीले पछिल्लो समय फिल्म, मनोरञ्जन र खेलमार्फत आर्थिक उदारीकरणको यात्रा तय गरेको छ । साउदीले छानिएका हलिउड र बलिउड फिल्मलाई मात्र प्रदर्शन गरिरहेको छ ।

साउदीले अनुमति दिएमा कुल पर्दा संख्या ७० पुग्ने ढकालले जानकारी दिए । ‘कबड्डी ४’ साउदीबाहेक मध्यपूर्वका ५८ हलमा रिलिज भएको थियो । अहिलेसम्म खाडी मुलुकमा धेरै कमाउने नेपाली फिल्म पनि कबड्डी ४ नै हो ।यसैबीच, छक्कापञ्जा ४ चलिसकेपछि मात्र ‘छड्के २’लाई मध्यपूर्वमा प्रदर्शन गर्ने तयारी छ । गत साता दुबईमा आयोजित नेपाल सिनेमा फेस्टको क्रममा बोर्ड अध्यक्ष भुवन केसी र नेपफिल्म्सका प्रमुख ढकालबीच मध्यपूर्वमा फिल्म रिलिजको सहमति भएको थियो ।

सम्बन्धित खबर