LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु भएको छ । प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो ।निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो ।सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन सुरु भएको जानकारी निर्माता पाण्डेले दिए । प्री-अडिसनबाट छनोट भएका प्रतियोगीको अभिमुखीकरण र भिडियो कभरेज पनि थालिएको छ । ओरिएन्टेसनसँगै लाइभ अडिसनको सुटिङ समेत अघि बढेको छ भने चैत महिनादेखि शो प्रसारण हुने भएको छ ।

पुसमा छायांकन सेट सार्वजनिक भएको थियो । शोमा १८ एपिसोड हुनेछ । एकसय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने १० लाख भन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन ।शोले मनोरन्जन, नेपाली खानाको ज्ञान, खाना पस्कने कला लगायतका बिषयलाई समेट्ने जनाइएको छ । मुलुकको गेस्ट्रोनोमि टुरिजमलाई समेत यसले टेवा पुग्ने आशा निर्माताले लिएका छन् । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

सम्बन्धित खबर