LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । नेपाली फिल्म ‘फूलबारी’ दोस्रो शुक्रबार पनि घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो ।शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहँदा ‘सेल्फी’को अकुपेन्सी २० प्रतिशत पनि छैन । ‘सोर्ड आर्ट’ क्यूएफएक्ससहितका सीमित मल्टिप्लेक्समा रिलिज भएपनि यसको अकुपेन्सी दुई अंक पनि छैन । पहिलो साता उत्कृष्ट कमाइ गरेको फूलबारीले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो शुक्रबार पनि बक्स अफिसमा शीर्ष स्थान बनाएको हो ।

पहिलो साता रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले देशव्यापी तीन करोड हाराहारीमा ग्रस कलेक्सन गरेको विवरण वितरक गोविन्द शाहीले उपलब्ध गराएपनि निर्माताले औपचारिक रुपमा कमाइबारे सार्वजनिक गरेका छैनन् । पहिलो साता लगातार तीनवटा सार्वजनिक बिदा भएकाले पनि पनि फिल्मले उत्कृष्ट कमाइ गरेकोमा दुईमत छैन ।अक्षय कुमार र इमरान हासमीजस्ता स्टारहरु फिल्ममा हुँदाहुँदै पनि सेल्फीको ओपनिङ नेपाली बक्स अफिसमा निराशाजनक देखियो । आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले नयाँ रिलिजभन्दा फूलबारीको अकुपेन्सी माथि रहेको बताए । वान सिनेमाजका प्रमुख प्रज्ज्वल राणाले पनि फूलबारीको अकुपेन्सी सेल्फी र सोर्ड आर्टभन्दा माथि देखिएको बताए ।
पारिवारिक फिल्म भएकाले पनि फूलबारीलाई सबै उमेर समूह र वर्गका दर्शकले रुचाइरहेका छन् । फिल्ममा विपिन कार्कीले अवकाशप्राप्त सरकारी शिक्षकको भूमिका निर्वाह गरेका छन् भने अरुणा कार्कीले उनकी धर्मपत्नीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा प्रियंका कार्की र दयाहाङ राईको पनि मुख्य भूमिका छ ।फिल्मले पहिलो साता आकर्षक कमाइ गरेपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताए । ‘सबै जनाले प्रशंसा गरिरहनुभएको छ । मलाई पनि मन परेको फिल्म हो,’ उनले भने । फिल्ममा विपिन ६० वर्षीय पुरुषको भूमिकामा प्रस्तुत छन् ।

सम्बन्धित खबर