LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । गल्फ समाज संस्थाले आज १५ दिने मिथिला मध्यमिकी परिक्रमा अन्तर्गत अन्तरगृह परिक्रमा सहभागि गरिब विपन्न श्रद्धालु भक्तजनहरुलाई मुरही, चुरा र सकर (मिठा) वित्तरण गरेका छन् ।
गल्फ समाज संस्थाले जनकपुरधाम–७ स्थित कब्रिस्तान चोकमा स्टल राखेर अन्तरगृह परिक्रमा सहभागि गरिब विपन्न लगायतका श्रद्धालु भक्ताजनहरुलाई २ क्वीन्टल मुरही, २ क्वीन्टल चुरा र ५० किलो सकर वित्तरण गरेको छ । संस्थाका अध्यक्ष अब्दुल मनान राईनले परिक्रमा सहभागि श्रद्धालु भक्तजनहरुलाई औषधी समेत वित्तरण गरिएको बताए । एक अर्का धर्मप्रतिको सम्मान तथा आपसी भाईचारा समाजमा शान्ति र मुलुकको विकास तर्फ अगाडी बढाउछ, अध्यक्ष राईनले भने,‘ म र हाम्रो संस्थाको टिमले विहानैदेखि यहाँ स्टल राखेर श्रद्र्धालुभक्तजनहरुको सेवामा खटेका छौ ।

स्टलमा आउने श्रद्र्धालुभक्तजनहरुलाई मुरही, चुरा, सकर दिन्छौ । जसलाई औषधीको आवश्यकता छ, उनीहरुलाई औषधी पनि दिन्छौ । खुट्टा सुचेका श्रद्र्धालु भक्तजनलाई मलहम पनि लगाई दिने गरेका छौ ।’
नेता तथा समाज सेवि हकिम राईनको अगुवाई गल्फ समाज संस्थाले गरिब विपन्न श्रद्र्धालु भक्तजनहरुमा राहत वित्तरण गरेर समाजमा आपसी भाईचाराको सन्देश दिएको छ । समाजसेवि राईनले भने,‘यो पहिलो पटक होईन, मैले प्रत्यके वर्ष पक्रिमामा सहभागि गरिब विपन्न तथा आवश्कता भएका श्रद्र्धालु भक्तजनहरुलाई विभिन्न संस्थाहरुको माध्यले सहयोग गर्दै आएको छु । र यो जीवन जव सम्म रहन्छ, यस्ता कार्यमा संलग्न रहन्छु ।’

 

सम्बन्धित खबर