LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामलेचालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन चुनौतीपूर्ण देखिएको छ । कार्यालयले माघ अन्तिमसम्ममा वार्षिक लक्ष्यको ४४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७० करोड ६८ लाख १० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ७ महीनामा १ अर्ब ६३ करोड ९० लाख ४३ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ । यस वर्ष राजस्वको लक्ष्य हासिल गर्न कठिन रहेको कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले स्वीकारे ।

कर तिर्न करदातालाई विभिन्न माध्यमबाट जानकारी गराए पनि कतिपयले बेवास्ता गरेको उनले बताए । समयमै कर तिर्न मातहतका कार्यालयमा सूचनामार्फत आग्रह गरिएको उनको भनाइ छ । पटक पटक सूचना जारी गर्दा पनि कर नबुझाउनेलाई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

सम्बन्धित खबर