LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामलेचालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन चुनौतीपूर्ण देखिएको छ । कार्यालयले माघ अन्तिमसम्ममा वार्षिक लक्ष्यको ४४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७० करोड ६८ लाख १० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ७ महीनामा १ अर्ब ६३ करोड ९० लाख ४३ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ । यस वर्ष राजस्वको लक्ष्य हासिल गर्न कठिन रहेको कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले स्वीकारे ।

कर तिर्न करदातालाई विभिन्न माध्यमबाट जानकारी गराए पनि कतिपयले बेवास्ता गरेको उनले बताए । समयमै कर तिर्न मातहतका कार्यालयमा सूचनामार्फत आग्रह गरिएको उनको भनाइ छ । पटक पटक सूचना जारी गर्दा पनि कर नबुझाउनेलाई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

सम्बन्धित खबर