LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् ।

हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे चित्त नबुझेको बताइन् । शंकर बीसीदेखि गोपीकृष्ण मुभिजले समेत आफूलाई अफर गरेको उनले खुलाएकी छिन् । तर कुनै प्रस्ताव पनि उनलाई चित्त बुझेन । किन त ? अञ्जलीको तर्क छ,  ‘मलाई बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस् भन्ने लाग्छ ।’

तर आफूलाई आएका प्रस्तावहरु चुइँगम पड्काउने टाइपका भएको उनको तर्क छ । ‘मलाई न्याचुरल चीज मन पर्छ । फिल्ममा कहानी नै भएपनि, मलाई सुहाउने होस् । रमाइलो, डान्स, स्याड र कमेडी जस्तो भएपनि हुन्छ तर छोटो-छोटो कपडा लगाएर चुइँगम पड्काउने चाहिं नहोस् क्या ।’

उनी अगाडि भन्छिन्, ‘त्यही भएर मैले चप्पल पड्काउने क्यारेक्टर खोजिराखेकी हुँ । त्यस्तो खालको क्यारेक्टर आइसकेको छैन । बाहिर सुट हुने मोर्डन टाइपको आएका छन् । एक्टर भइसकेपछि सबैखाले रोल गर्नुपर्छ तर मैले खोजेको त्यस्तो हो ।’ अहिलेसम्म आफूले ६०० जति म्युजिक भिडियो गरेको उनले बताएकी छन् ।

सम्बन्धित खबर