LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

काठमाडौं । अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ । भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै वैवाहिक वर्षगाँठमा लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्‍यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो ।’

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शक पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले नृत्य निर्देशन गरेका हुन् । हरिवंशले यसअघि पनि चेलीबेटी बेचबिखनविरुद्धकै सन्देशमा आधारित ‘कर्कलो कोक्याउला’ गीत ल्याएका थिए ।

 

सम्बन्धित खबर