LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम, ।सवारी दुर्घटनामा परेर फागुन महिनामा मधेश प्रदेशमा ६४ जनाको मृत्यु भएको छ ।प्रदेशको विभिन्न जिल्लामा ६१९ वटा सवारी दुर्घटना हुँदा ५ बालबालिकासहित ६४ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।दुर्घटनामा परेर ४८ जना पुरुष, ११ जना महिला र ५ जना बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।यस्तै, सो दुर्घटनाहरुमा परेर ९४४ जना घाइते भएका छन् । जसमा ६६२ जना पुरुष, १५४ जना महिला र १२८ जना बालबालिका रहेका छन् ।यस अवधिमा प्रहरीले ३० हजार ७९८ वटा सवारीलाई कारवाही गर्दा २ करोड ४८ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

सम्बन्धित खबर