LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । इस्लाम धर्माम्बलम्वीको महान पर्व रामजान रोजा भोलि शुक्रवारदेखि सुरु हुदै छ ।
खाडी मुलुक सउदी, कत्तारका लगायतका देशहरुमा आज विहिवारदेखि नै रोजा सुरु भएपछि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा शुक्रवारदेखि रोजा सुरु हुदै छ । विहिवार साँझ मुस्लिम सामुदायले आकाशमा चन्द्रमाँ देखेपछि जनकपुरसहित नेपालभरिका मुस्लिम सामुदाय शुक्रवारदेखि रोज बस्ने छन् । रोज (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिर्वाय गरिएको छ ।
इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान शुरु भएको हो ।
इस्लामीक महिना रमजान महिना भरि अर्थात ३० दिन सम्म मुस्लिम समुदय रोज गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै शुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजा(व्रत) मा बस्ने हरुले सुर्य उदाउनु भन्दा पुर्व र सुर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।
इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदाय माथि र्फज अथार्त अनिर्वाय गरिएको छ । इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ । रोजा धनि, गरिव सवैमाथि अनिर्वाय छ, यसमा कुनै भेदभाव हुदैन । दिनभरि मजदुरि गर्ने होस वा राजा राजौटा किन नहोस् सबैैमाथि रोजा उतिकै लाजिम(अनिर्वाय) गरिएको छ । महिला ,पुरुष दुवै वालिग मुस्लिम माथि रोज अनिर्वाय गरिएको मौलना अहमद हुसैनले बताए ।
इस्लामिक धर्मगुरुहरुका अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मान्निछ । रमजान महिनामा इस्लामिक क्यालेनडरकोे ९ औ महिना हो । यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्दछ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुण बढी सवाव (पुण्य) प्राप्ती हुने जनविश्वास छ । रमाजानकै २७ तारिकका दिन इस्लाम धर्माबलम्विहरुको सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएकाले उनले बताए ।


यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति बरावरको सम्पिति भएको खण्डमा गरिव विपन्नहरुको लागि अनिर्वाय रुपमा जकात अथार्त दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ ।
यसले गरिव र अशक्तहरुका लागि केहि गरौ भन्ने सन्देश दिने गरेको छ । रमजान महिना भरि विशेष रुपमा प्रति अल्लाह सम्पर्ति मुस्लिमले अल्लाहको डर तथा नैतिकताको घेराभित्र मनलाई राख्दै धार्मिक तथा समाजलाई भलोहुने काममा तल्लीन हुन्छन् । पराघि,अश्लिील तथा समाजलाई अहित हुने कार्यहरु यो महिनामा मुस्लिमबाट हुदैन । तर अपराघिको कुनै जात हुदैन, अपराधिहरु जात, धमर्, कानुन भन्दा वाहिर हुन्छन् ।
रमजानको यो विशेषताले समाजिक विकृति न्युनिकरण, कानुनि राज्यको सम्मान,समाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र मुस्लिम सामुदायले इदुल फित्र अथार्त इर्द पर्व मनाउने गर्छन् ।

सम्बन्धित खबर