LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । हिन्दु धर्मावलम्वीहरुले चैति छठ पर्व सोमवार धुमधामका साथ मनाईदैछ ।
छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरु धनुष सागर, अगनीकुण्ड ,अङगराजसर,सहितका पोखरीहरुको डिलमा भक्तmजनहरुको भिड लागेको छ । छठ पुजाका लागि व्रत वस्ने व्रतालु महिलाले सोमवार अस्ताउदो सुर्यको अर्घ दिएका छन् । त्यसपछि मंलगलार विहान उदाँउदो सुर्यको अर्घ दिइ यो पर्व विधिवत रुपमा समपन्न हुने छ । छठ पुजाका लागि जनकपुरका व्रतालुहरु राती पुजा स्थानमै वस्ने परम्परा रहेको छ ।


कार्तिक महिनामा मनाउने मुख्य छठ पर्व भन्दा भक्तmजनहरुको सहभागिता यो पर्व सहभागिता कम भएपनि पछिल्लो केहि वर्ष देखि जन सहभागिता बढदै गएको स्थानियहरुको भनाइ छ । जनकपुरधाम २ बस्ने अशोक दासले कार्तिकमा मनाईने छठ र चैतमा बनाउने छठ पर्वको विधि एउटै रहेको बताए ।
कार्तिकमा मनाउनेले पनि चैति छठ मनाउने गरेको उल्लेख गर्दै उनले भने,‘ म कार्तिकको छठ पनि मनाउछु र चैति छठ पनि मनाउछु, यो आफ्नो खुसीको कुराको हो । कतिपयले भाकल गरे अनुसार मनाउँछन् भने कतिपयले आफ्ना खुसिले मनाउछन् ।’ यो पर्व मनाउँदा चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको उनले बताए ।

सम्बन्धित खबर