LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । हिन्दु धर्मावलम्वीहरुले चैति छठ पर्व सोमवार धुमधामका साथ मनाईदैछ ।
छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरु धनुष सागर, अगनीकुण्ड ,अङगराजसर,सहितका पोखरीहरुको डिलमा भक्तmजनहरुको भिड लागेको छ । छठ पुजाका लागि व्रत वस्ने व्रतालु महिलाले सोमवार अस्ताउदो सुर्यको अर्घ दिएका छन् । त्यसपछि मंलगलार विहान उदाँउदो सुर्यको अर्घ दिइ यो पर्व विधिवत रुपमा समपन्न हुने छ । छठ पुजाका लागि जनकपुरका व्रतालुहरु राती पुजा स्थानमै वस्ने परम्परा रहेको छ ।


कार्तिक महिनामा मनाउने मुख्य छठ पर्व भन्दा भक्तmजनहरुको सहभागिता यो पर्व सहभागिता कम भएपनि पछिल्लो केहि वर्ष देखि जन सहभागिता बढदै गएको स्थानियहरुको भनाइ छ । जनकपुरधाम २ बस्ने अशोक दासले कार्तिकमा मनाईने छठ र चैतमा बनाउने छठ पर्वको विधि एउटै रहेको बताए ।
कार्तिकमा मनाउनेले पनि चैति छठ मनाउने गरेको उल्लेख गर्दै उनले भने,‘ म कार्तिकको छठ पनि मनाउछु र चैति छठ पनि मनाउछु, यो आफ्नो खुसीको कुराको हो । कतिपयले भाकल गरे अनुसार मनाउँछन् भने कतिपयले आफ्ना खुसिले मनाउछन् ।’ यो पर्व मनाउँदा चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको उनले बताए ।

सम्बन्धित खबर