LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक भएको छ । शीर्ष कलाकारहरु सुरक्षा पन्त र कमलमणि नेपाल फिचर्ड गीत ‘बहाव यी मनका’ सोमबार रिलिज भएको हो । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ ।

गीतमा फिल्मका प्रमुख पात्रहरूको भावनालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । गीतमार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव व्यक्त गरिएको छ ।  गीतमार्फत परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबीचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।

गीतबारे संगीतकार सापकोटाले भने, ‘यो एउटा अप्रत्यासित तवरले बनाइएको गीत हो । यो गीतले दर्शक र श्रोतालाई माया भावसँगैको बहावसँग वियोगान्तसम्म पुर्‍याउँछ ।’ गायक चौलागाईं भन्छन्, ‘मानिसहरूको अन्तर मनभित्रको वेदनाहरू र जिन्दगीसँग निस्सासिएको एक व्यक्तिको मनभित्रको बहावलाई यो गीतमार्फत व्यक्त गर्न खोजिएको गीत हो । मैले गीत गाउँदा शब्दको भावमै डुबेर गाएको थिएँ ।’

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ । निर्माता श्रीधर पौडेल हुन् । पौडेलले आफ्नो स्वतन्त्रता आफैंमा कैद गर्नेहरूका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताएका छन् ।

सम्बन्धित खबर