LIVE
जनकपुरधाम मैथिली साहित्य महोत्सवको पाँँचौ संस्करण ५ फागुनदेखि | नेकपा एमालेका पुर्व दुई साँसदद्वारा पार्टि परित्याग | कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश, सयमा २७.२८ अंक मात्रै | ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु | आफ्नैको चेपुवामा डा.सिके राउत, उपेन्द्रको उत्ताधिकारी उमेश बने मुख्य प्रतिस्पर्धि | नेपाल टिम इङ्गल्याण्डसँग ४ रङले पराजित | श्रीरामजानकी क्रिकेट रंशाला निर्माणलाई अगाडी बढाउने निधीको प्राथमिकता | | सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोृट हुदाँ ४ जना बालक घाईते | जिल्ला निर्वाचन कार्यालयको कडा निर्देशन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म हुसक्छ |

जनकपुरधाम,  ।उपचार खर्च तिर्न नसक्दा जनकपुरधामको जनकपुर न्यूरो हस्पिटलबाट ३९ दिनपछि मन्तोरियाद देवी राय बन्धकमुक्त भएकी छन् । मन्तोरियालाई धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासंग समन्वय गरी बुधबार बन्धकमुक्त गराएका हुन् ।मेयर यादवले हस्पिटलमा आफै पुगेर उनलाई बन्धनमुक्त गराइ घर पुर्याएका छन् । सबैला नगरपालिकाले एकलाख रुपैयाँ र बाँकी सहायोगीहरुबाट संकलन गरी चुक्ता गर्ने सर्तमा मेयर यादवले उनलाई अस्पतालबाट घर फर्काएका हुन ।

३६ दिनदेखि उनी उपचार खर्च तिर्न नसक्दा न्यूरो हस्पिटलमा बन्धक रहेको समाचार सोमबा सार्वजकि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो । सोमबार नै सबैलाका मेयर यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरण कुमार मिश्र उनको अवस्था बुझ्न हस्पिटलमा पुगेका थिए । मंगलबार सबैला नगरपालिका कार्यपालिकाको बैठक बसेर एक लाख रुपैयाँ नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने र हस्पिटलबाट बन्धनमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो ।

बुधबार मेयर यादव जिल्ला प्रशासन कार्यालय धनुषामामा पुगेर मन्तोरियालाई बन्धकमुक्त गराउने विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसित छलफल गरेर मुक्त गराएका हुन् । सह प्रजिअ भण्डारीले अस्पताललाई तत्कालै फोन गरी बन्धक मुक्त गराउन निर्देशन दिएका थिए । न्यूरो हस्पिटल दर्ता बिनै एकवर्षदेखि संचालनमा रहेको समेत खुलासा भएपछि सह प्रजिअले बन्धकमुक्त नगराए तत्कालै कानुनी कारबाही चाल्ने चेतावनी समेत दिएका थिए । सो हस्पिटललाई के गर्ने विषयमा पत्र लेखेर जिल्ला प्रशासन कार्यायल धनुषाले सुझाव मागेको छ ।

७ लाख भन्दा बढी जसोतसो उपचार खर्च तिरेपनि झण्डै ९ लाख रुपैयाँ तिर्न बाँकी रहँदा गत फागुन २० गतेदेखि नै मन्तोरिया हस्पिटलमा बन्धक थिइन् । उनीसंगै तीन सासाना छोराछोरी र वृद्ध ससुरा पनि हस्पिटलमै थिए ।गत माघ १२ गते सबैलाको एक बैंकबाट पदैल घर फर्किरहेको बेला बा. ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदै मन्तोरियालाई ४८ मिटरसम्म घसारेको थियो । गम्भीर घाइते उनलाई उनलाई प्रादेशिक असपताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदियो ।

मोटरसाइकल धनुषाकै शहीदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपक कुमार रायले चलाइरहेका थिए भने पछाडि सवार थिए स्थानीय ३५ वर्षीय गजेन्द्र यादव । मोटरसाइकल चालक पक्राउ परेर जेल चलान छन् भने पछाडि बस्ने फरार छन् । मोटरसाइकल धनी काठमाडौंका छन् । ठक्कर दिने पक्षबाट अहिलेसम्म एक सुक्को पनि उपचार खर्च दिएको छैन ।

सम्पतिको नाममा दुई धुर घडेरीमा मात्र उनको छाप्रो घर छ । श्रीमान वैदेशिक रोजगारमा कतारमा छन् । तर कम्पनी टुडेर घर फर्किने अवस्थामा छन् । सातलाख भन्दा बढी रकम ऋण तथा गाउँसमाजले चन्दा संकलन गरी दिएपछि हस्पिताललाई तिरेका थिए । बाँकी रकम चुक्ता गरे मात्र घर जान दिने भन्दै हस्पिटलले बन्धक बनाएको थियो ।

गम्भीर अवस्थामा भर्ना भएकी मन्तोरियाको ज्यान जोगाउन हस्पिटलले हरसम्भव प्रयास समेत गरेको थियो । हस्पिटलको बाँकी रकम तिर्न र घरमा खान लागउन आर्थिक सहयोग गरिदिन मन्तोरियाले गुहार गरेकी थन् ।

सम्बन्धित खबर