LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । इस्लाम धर्माबलम्बीहरुले आज शनिवार महान चाड ईलुल फित्र(ईद) धुमधामका साथ मनाईदै छ ।
शुक्रवार साँझ चन्द्रमा मुस्लिम सामुदायले देखिएपछि शनिवार महान चाड ईदुल फित्र (ईद) मनाउन लागिएको हो । शनिवार नेपालसहित नेपाल, भारत, पाकिस्तान, वंलादेश लगायतका मुलुकहरुमा मुस्लिम सामुदायले एकैसाथ ईद पर्व मनाईने मौलना मोफति अहमद हुसेनले जानकारि दिए । ईस्लामिक महिना रमजानको अन्तिम दिन शुक्रवार साँझ चन्द्रमाँ देखिएपछि एक महिनादेखि रोज(ब्रत) बस्दै आएका मुस्लिम सामुदायहरुमा ईदको रौनक छाएको छ । इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको हो । हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिर्वाय प्रवधान रहेको छ ।

ईदमा सवैई(खानेकुरा), खिर तथा अन्य मिठो परिका खानपनि गर्ने गरिन्छ । त्यस्तै इदको लागि मुस्लिम सामुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ । जनकपुरधाम उपमहानगरपलिकाका पुर्व मेयर तथा राजनितिकर्मि असगर अलिले भने,‘ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा लगाउनु जरुरी छन् तर गरिव, असहायलाई मालदार मुस्लिमहरुले जकातको रुपमा कपडालत्ता तथा खानपनिको लागि समाग्रीहरु सहयोग गरिदिने प्रवधान रहेको छ ।’


इदको विहानै सम्र्पुण मुस्लिमले नुहाई पाकसाफ(साफसुघर) भई नयाँ कपडामा नजिकका इदगह वा मस्जिदमा गएर ईदको नमाज पढ्ने गरिन्छ । इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको कमिकजोरि वा रोजालाई शुध्किरणका लागि पर व्यतिm २ किलो ४५ ग्रामको दरले गँहु परिवारका सवै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बरावरको रकम अनिर्वाय रुपमा मदरसा तथा गरिवमा दान गनुपर्ने प्रवधान रहेको छ । ईदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमाल गरि ईद मुबारक भन्दै शुभकामना दिने प्रचलन रहेको छ ।

 

सम्बन्धित खबर